
काठमाडौं ।
गृह मन्त्रालयले अनुमति बिना ड्रोन उडाउनेलाई कारवाही गर्ने चेतावनी दिएको छ। विभिन्न व्यक्ति तथा निकायले अनुमति नलिई अनाधिकृत रुपमा ड्रोन उडाएको जानकारी प्राप्त भएकाले अनुमति लिन गृह मन्त्रालयले आग्रह गरेको हो।
‘मानवरहित हवाई उपकरण (ड्रोन) उडान सम्बन्धी कार्यविधि, २०७५ अनुसार २ किलोग्राम तौलसम्मका लागि स म्बन्धित जिल्ला प्रशासन कार्यालयबाट र सो भन्दा माथिको हकमा गृह मन्त्रालयबाट अनुमति लिनु पर्ने व्यवस्था छ।
कार्यविधिको पालना नगरी ड्रोन उडान गरेमा कानून बमोजिम कारवाही हुने विभागको सूचनामा उल्लेख छ।
droneप्रकाशित: ३१ आश्विन २०७९, सोमबार