आईफोन १४ प्रो सिरिजको हीरा र सुनसहितको संस्करण ! मूल्य करिब १ करोड ७४ लाख रुपैयाँ

  • Technology Khabar | ३१ आश्विन २०७९, सोमबार
आईफोन १४ प्रो सिरिजको हीरा र सुनसहितको संस्करण ! मूल्य करिब १ करोड ७४ लाख रुपैयाँ

काठमाडौं ।

लग्जरी सामाग्री बनाउने कम्पनी क्याभिएरले आईफोन १४ को मोडल आफ्नै शैलीमा लन्च गरेको छ। कोस्मोग्राफ डेटोना रोलेक्स घडीका साथमा यो अपग्रेड गरिएको ग्रान्ड कम्प्लिकेसन्स सिरिज सुरु गरिएको हो। यो घडी सिधै आईफोन १४ प्रो म्याक्समा इम्बेड गरिएको छ।

यो सीमित संस्करण आईफोन १४ प्रो म्याक्स मोडल बजारका व्यावसायिक कार रेसिङ प्रेमीहरूलाई लक्षित गरेर लन्च गरिएको हो। नयाँ आईफोन १४ प्रो म्याक्समाको केवल तीन इकाइहरू रोलेक्स घडीसँग बनाइएको छ।

आईफोन १४ मा विशेष सुन र हीरा

क्याभिएरले प्रत्येक आईफोनमा एक जटिल मेकानिकल क्रोनोग्राफ प्रदान गरेको छ। मेकानिकल क्रोनोग्राफमा ४० मिमी डायल छ, पहेंलो सुन र ८ ओटा हीरा लगाईएको छ। फोनमा टाइटेनियम र कालो पिभिडी कोटिंगबाट बनेको बहु-स्तरको केस बडी पनि छ।

यसमा सन् १९३० को दशकको डेटोना रेस कारको कन्ट्रोल प्यानलबाट लिइएका सजावटी वस्तुहरू पनि फोनमा थपिएका छन्।

क्याभिएर आईफोन १४ प्रोको अधिकतम मूल्य

केलेटन बूस्टर संस्करणमा कालो रीइन्फोर्स्ड ग्रिल र टाइटेनियम एलोय स्क्रू दिइएको छ। १२८ जीबी भेरियन्ट भएको क्याभिएर आईफोन १४ प्रो सीमित संस्करणको मोडेलको मूल्य १,३३,६७० अमेरिकी डलर अर्थात करिब १ करोड ७४ लाख रुपैयाँ छ भने १ टिबी भण्डारण भएको क्याभिएर आईफोन १४ प्रो म्याक्स मोडेलको मूल्य १,३४,२५० अमेरिकी डलर अर्थात करिब १ करोड ७४ लाख ५५ हजार रुपैयाँ छ।

दुई मोडलहरू विश्वव्यापी रूपमा बिक्री हुनेछन्, तर केही सिमित एकाइहरू मात्र बनाइएको छ। लक्जरी सामान निर्माता क्याभिएर आइकोनिक आईफोन १४ प्रो ग्रान्ड कम्प्लिकेशन्स सिरिजलाई मानिसहरूले राम्रोसँग ग्रहण गर्नेछन् र यो छिट्टै बिक्री हुनेमा आशावादी छ।

प्रकाशित: ३१ आश्विन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...