भारतको सबैभन्दा ठूलो विद्युत कम्पनी टाटा पावरमा साइबर हमला

  • Technology Khabar | ३० आश्विन २०७९, आईतवार
भारतको सबैभन्दा ठूलो विद्युत कम्पनी टाटा पावरमा साइबर हमला

काठमाडौं ।

भारतको सबैभन्दा ठूलो विद्युत कम्पनी टाटा पावरमा साइबर हमला भएको छ। यसबाट कम्पनीको सूचना प्रविधि (आईटी) पूर्वाधार र प्रणालीमा क्षति पुगेको छ।

कम्पनीले प्रणाली पुनर्स्थापित गर्न कदम चालेको छ। यस वर्षको सुरुमा, टाटा पावरले कोल्टे पाटिल डेभलपर्स र हुन्डाई मोटरसँग देशभर ई-चार्जिङ स्टेशनहरू र विद्युतीय सवारी साधनहरूको पूर्वाधार निर्माण गर्न सम्झौता गरेको थियो।

टाटा पावरले यसबारे भारतीय नियामक बीएसईलाई दिएको फाइलिङमा कम्पनीका सबै महत्त्वपूर्ण प्रणालीले काम गरिरहेको बताएको छ। कम्पनीले सावधानीका रूपमा कर्मचारी र ग्राहकहरूसँग जोडिएका पोर्टलहरूको लागि सीमित पहुँच र बढ्दो छानबिन गरेको छ।

भारतमा पछिल्ला महिनाहरूमा केही कम्पनीहरूमा साइबर आक्रमण र ह्याकिङका घटनाहरू भएका छन्। महाराष्ट्र पुलिसको साइबर शाखाका एक वरिष्ठ अधिकारीले टाटा पावर र अन्य बिजुली कम्पनीहरूले धम्कीको बारेमा जानकारी प्राप्त गरेको बताए। यस सम्बन्धमा ती कम्पनीहरुलाई सचेत गराइएको र उनीहरुको सिस्टम अडिट भइरहेको उनले बताए।

हुन्डाई मोटरले टाटा पावरसँगको सहकार्यमा देशका केही डिलरशिपहरूमा विद्युतीय सवारी साधन चार्ज गर्ने पूर्वाधार स्थापना गर्ने योजना बनाएको छ। यसअन्तर्गत २९ सहरमा रहेका कम्पनीका ३४ ओटा ईभी डिलरसिपमा ६० किलोवाटको डिसी चार्जिङ स्टेसन जडान गरिनेछ। यससँगै हुन्डाई र टाटा पावरको इजेड चार्ज मोबाइल एपबाट विद्युतीय सवारी साधनको चार्जिङको आवश्यकता पूरा हुनेछ ।

यसका लागि हुन्डाईले ठाउँका साथै आवश्यक अनुमति उपलब्ध गराउन मद्दत गर्नेछ र टाटा पावरले चार्जिङ स्टेशनहरू सञ्चालन गर्नेछ। कोल्टे पाटिल डेभलपर्सले मुम्बई, पुणे र बैंगलोरमा आफ्ना परियोजनाहरूमा ई-चार्जिङ स्टेशनहरू स्थापना गर्ने योजना बनाएको छ।

प्रकाशित: ३० आश्विन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...