सूचना प्रविधिका ८८ प्रतिशत कर्मचारीहरू जागिर छोड्न तयार

  • Technology Khabar | ३० आश्विन २०७९, आईतवार
सूचना प्रविधिका ८८ प्रतिशत कर्मचारीहरू जागिर छोड्न तयार

काठमाडौं ।

विश्वभर आईटी अर्थात सूचना प्रविधि क्षेत्रमा काम गर्ने कर्मचारीमध्ये ८८% ले जागिर छोड्न तयार भएको एक अध्ययनले देखाएको छ।

मौसम परिवर्तनसँगै भएका वर्षा, बाढी पहिरोसँगै कोरोना र डेंगी लगायतले घरबाटै काम गर्ने बानी परेकाले आईटी काम कार्यालय बाहिरबाटै गर्न पाउनुपर्ने माग राख्दै पूरा नभए जागिर छोड्न तयार रहेको जनाएको दी इकोनोमिक टाइम्सले उल्लेख गरेको छ।

आईटी क्षेत्रमा विकल्प अन्य कम्पनी भएकाले अन्यन्त्रबाट माग हुन थालेको र सहज रुपमा काम गर्ने इच्छा भएको उनिहरुले बताएका छन्।

गुड गभर्मेन्ट आफ्नो काममा लागु भएकाले घरबाट काम गर्दा फूल टाइम भएकाले अर्को कम्पनीमा नगर्ने तर पार्ट टाइमकोले अर्कोमा पनि सँगै काम गर्न सकिने भएकाले कम्पनीले अन्यथा नसोच्न आईटी कर्मचारीहरुले आग्रह गरेको अध्ययनले जनाएको छ।

दी इकोनोमिक टाइम्सले अमेरिका, बेलायत, भारत लगायत १९ ओटा देशमा ठूला ठूला आईटी कम्पनीका १ हजार जना कर्मचारीहरुमा गरेको सर्वे अनुसार नियमित काम पाउने आशमा माग राखेको नभए विकल्पहरू खोजी गर्ने तर शुरुमै जागिर छाड्ने जनाएका छन्।

कर्मचारी सेवा फर्म सेवाको सर्वेक्षण अनुसार शीर्ष आईटी कम्पनीहरूका ४६% महिला कर्मचारीहरु आमा भएकोले बच्चाको हेरचाह गर्नुपर्ने भएकाले घरैबाट काम गर्न चाहान्छन्।

अध्ययनको रिपोर्ट अनुसार विश्वका ८% आईटी कर्मचारीहरु भने कार्यालयमै गएर काम गर्ने जनाएका छन्।

प्रकाशित: ३० आश्विन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...