टिकटकले सिरियाली शरणार्थीहरूले लाइभस्ट्रिममा मागेका सहयोगबाट नाफा कमाउँदै

  • Technology Khabar | ३० आश्विन २०७९, आईतवार
टिकटकले सिरियाली शरणार्थीहरूले लाइभस्ट्रिममा मागेका सहयोगबाट नाफा कमाउँदै

काठमाडौं ।

सामाजिक सञ्जालको टिकटकले एपमार्फत् सिरियाका शिविरहरूमा बस्ने सयौँ विस्थापित परिवारलाई दिइएको चन्दा सहयोगको ७० प्रतिशतसम्म आफैँले राख्ने गरेको पाइएको छ।

हरेक दिन मोना अलि अल–करिम र उनकी ६ जना छोरीहरू टिकटकमा लाइभ बस्छन्। तिनले त्यहाँ भर्चुअल उपहारहरूका निम्ति याचना गरेको बीबीसीले जनाएको छ।

उनीहरू शिविरको पालभित्र घण्टौँसम्म भूईँमा बसेर सहयोग माग्छन्। बीचबीचमा आफूले जानेका केही अङ्ग्रेजी शब्दको प्रयोग गर्दै उनीहरू भन्छन्, “कृपया लाइक गर्नुस्, कृपया शेअर गर्नुस्, कृपया उपहार दिनुस्।”

उनीहरूले त्यसरी माग्ने उपहार भनेको वास्तविक उपहार नभइ भर्चुअल उपहार हो। तर त्यस्तो भर्चुअल उपहारको खास मूल्य हुन्छ र एपबाट त्यसलाई नगदमा रुपान्तरण गरेर लिन मिल्छ।

लाइभस्ट्रिमका दर्शकहरूले डिजिटल उपहारहरू किन्छन्। उदाहरणका निम्ति गुलाफको फूलको केही सेन्ट पर्छ भने सिंह वा ब्रह्माण्डको ५०० अमेरिकी डलर जति पर्छ।

उक्त टिकटक एपमा मोनाको जस्तै सयौँ परिवारले त्यस्ता उपहार माग्ने गर्छन्।

यो वर्षको सुरुमा विश्वभरिका टिकटक प्रयोगकर्ताहरूको फिडमा त्यस्ता भिडिओ देखा पर्न थाले। कतिपयले त्यसलाई ठगी भने पनि कैयौँले त्यसको समर्थन गरे।

ब्रिटेनका टिकटकका चर्चित व्यक्ति किथ मेसनले एउटा परिवारलाई करिब ३३० डलर जति सहयोग दिए।

किथका अनुसार एउटा सिरियाली परिवारसँग उनले गरेको टिकटक लाइभलाई ५० हजार मानिसले हेरेका थिए।

“बालबालिका निकै दङ्ग थिए, र ती पुरुषको हातखुट्टा गुमेको भए पनि ती निकै सकारात्मक सोचका थिए,”किथले भने।

तर टिकटकले सबै रकम नदिएर ३० प्रतिशत मात्र दिएकाले विरोध समेत उठेको छ।

प्रकाशित: ३० आश्विन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...