पब्जी मोबाइल प्रो लिग साउथ एशिया च्याम्पियनशिपमा डीआरएसको अग्रता कायम

  • Technology Khabar | ३० आश्विन २०७९, आईतवार
पब्जी मोबाइल प्रो लिग साउथ एशिया च्याम्पियनशिपमा डीआरएसको अग्रता कायम

काठमाडौं ।

पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशिया च्याम्पियनशिप फल २०२२ को तेस्रो दिन नेपाली टिम डीआरएस गेमिङले शीर्ष स्थानमा आफ्नो पकड बजबुत बनाएको छ। डीआरएसले उत्कृष्ट खेलको नमूना प्रस्तुत गर्दै आफूलाई अन्य प्रतियोगी टिमभन्दा अब्बल सावित गरिरहेको छ।

आइतबारको अन्तिम दिनको खेलमा आफ्नो अग्रतालाई कायम राख्न सके डीआरएस यो उपाधी जित्ने पहिलो नेपाली टिम बन्ने छ।

अघिल्ला दुई दिनको खेलको तुलनामा तेस्रो दिन डीआरएसले कम अंक प्राप्त गरेको थियो। तर निकटम प्रतिस्पर्धीहरुको खेल पनि राम्रो हुन नसक्दा डीआरएस फाइदामा देखिएको हो। तेस्रो दिनको ६ खेलमा डीआरएसले ५७ अंक जोड्न सफल भएको छ। अघिल्ला दुई दिनको खेलमा क्रमशः ६५ र १०१ अंक जोडेको थियो।

दोस्रो स्थानमा रहेको मंगोलियाको आईएचसी ईस्पोर्टस्लाई डीआरएसले ४३ अंकले पछि पारेको छ। आईएचसीले कुल १८ खेलमा १८२ अंक जोडेको छ।

अर्को मंगोलियन टिम तथा सावित विजेता गडलाईक स्टलवार्ट १७८ अंकसहित तेस्रो स्थानमा छ।

नेपाली टिमबाट उपाधी खोस्न अन्तिम दिन यी दुई मंगोलियन टिमले उत्कृष्ट खेल खेल्नु पर्नेछ साथै डीआरएसको खेल भने बिग्रनु पर्नेछ।

यस प्रतियोगितामा नेपाल र पाकिस्तानका समान ६/६ टिम र मंगोलियाका ४ टिमले प्रतिस्पर्धा गरिरहेका छ।

असोज २८ देखि असोज ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख ५० हजार अमेरिकी डलर छ।

प्रत्येक दिन ६ खेल गरी कुल २४ खेल खेलिनेछ। प्रतियोगिताको विजेताले ४० हजार अमेरिकी डलर, उपविजेताले २८ हजार अमेरिकी डलर र तेस्रो स्थानमा रहन सफल टिमले १८ हजार अमेरिकी डलर हात पार्नेछन्।

भने, चौथो स्थानमा रहनेले १० हजार अमेरिकी डलर, पाँचौले ७ हजार अमेरिकी डलर, छौटौं स्थानमा रहने टिमले ६ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।

७ औं र ८ औंले समान साढे ५ हजार अमेरिकी डलर प्राप्त गर्ने छन्।

९ औं देखि १२ स्थानमा रहेन टिमले पनि समान ४ हजार अमेरिकी डलर र १३ औं देखि १६ स्थानमा रहेन टिमले समान ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले व्यक्तिगत रुपमा २ हजार अमेरिकी डलर जित्ने छन्।

प्रकाशित: ३० आश्विन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • ३० आश्विन २०७९, आईतवार