चीनको नयाँ रिमोट सेन्सिङ स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण

  • Technology Khabar | ३० आश्विन २०७९, आईतवार
चीनको नयाँ रिमोट सेन्सिङ स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण

काठमाडौं ।

चीनले दक्षिणपश्चिमी सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ रिमोट सेन्सिङ भूउपग्रह अन्तरिक्षमा पठाएको छ।

याओगान-३६ नामक स्याटेलाइट बेइजिङ समयअनुसार शनिबार बिहान ३ः१२ बजे लङ मार्च-२डी क्यारियर रकेटद्वारा प्रक्षेपण गरी योजनाबद्ध कक्षमा सफलतापूर्वक प्रवेश गरेको थियो।

यो लङ मार्च श्रृंखला क्यारियर रकेटहरूको ४४४ औं उडान अभियान भएको समाचार एजेन्सी शिन्ह्वाले उल्लेख गरेको छ।

प्रकाशित: ३० आश्विन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार