पब्जी मोबाइल प्रो लिग साउथ एशिया च्याम्पियनशिपमा डीआरएस शीर्ष स्थानमा

  • Technology Khabar | २९ आश्विन २०७९, शनिबार
पब्जी मोबाइल प्रो लिग साउथ एशिया च्याम्पियनशिपमा डीआरएस शीर्ष स्थानमा

काठमाडौं ।

पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशिया च्याम्पियनशिप फल २०२२ को दोस्रो दिन नेपाली टिम डीआरएस गेमिङ शीर्ष स्थानमा उक्लेको छ। प्रतियोगिताको दोस्रो दिन उत्कृष्ट प्रदर्शन गर्दै डीआरएस शीर्ष स्थानमा आएको हो।

डीआरएसले पहिलो दिनको तुलनामा दोस्रो दिन उत्कृष्ट प्रदर्शन गर्दै तीन स्थान माथि उक्लेको हो। डीआरएसले दोस्रो दिन दुई चिकन डिनरसहित १०१ अंक आफ्नो खातामा जोडेको छ। पहिलो दिन डीआरएसले ६५ अंक मात्र जोडेको थियो।

डीआरएसले कुल १२ खेलमा ९३ प्लेसमेन्ट प्वाइन्ट र ७३ इलिमिनेसन प्वाइन्टगरी १६६ अंक जोडेको छ।

दोस्रो स्थानमा रहेको मंगोलियाको टिम गडलाईक स्टलवार्ट डीआरएसभन्दा ३४ अंकले पछि छ। स्टलवार्टले ७३ प्लेसमेन्ट प्वाइन्ट र ५९ इलिमिनेसन प्वाइन्टगरी १३२ अंक हासिल गरेको छ।

तेस्रो स्थानमा अर्को नेपाली टिम स्काईलाइट गेमिङ रहेको छ।

स्काईलाइटले ६८ प्लेसमेन्ट प्वाइन्ट र ५८ इलिमिनेसन प्वाइन्टसहित १२६ अंक जोडेको छ।

यस प्रतियोगितामा नेपाल र पाकिस्तानका समान ६/६ टिम र मंगोलियाका ४ टिमले प्रतिस्पर्धा गरिरहेका छ।

असोज २८ देखि असोज ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख ५० हजार अमेरिकी डलर छ।

प्रत्येक दिन ६ खेल गरी कुल २४ खेल खेलिनेछ। प्रतियोगिताको विजेताले ४० हजार अमेरिकी डलर, उपविजेताले २८ हजार अमेरिकी डलर र तेस्रो स्थानमा रहन सफल टिमले १८ हजार अमेरिकी डलर हात पार्नेछन्।

भने, चौथो स्थानमा रहनेले १० हजार अमेरिकी डलर, पाँचौले ७ हजार अमेरिकी डलर, छौटौं स्थानमा रहने टिमले ६ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।

७ औं र ८ औंले समान साढे ५ हजार अमेरिकी डलर प्राप्त गर्ने छन्।

९ औं देखि १२ स्थानमा रहेन टिमले पनि समान ४ हजार अमेरिकी डलर र १३ औं देखि १६ स्थानमा रहेन टिमले समान ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले व्यक्तिगत रुपमा २ हजार अमेरिकी डलर जित्ने छन्।

प्रकाशित: २९ आश्विन २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार