पब्जी मोबाइल प्रो लिग साउथ एशिया च्याम्पियनशिपमा नेपाली टिमहरुको उत्कृष्ट शुरुवात

  • Technology Khabar | २८ आश्विन २०७९, शुक्रबार
पब्जी मोबाइल प्रो लिग साउथ एशिया च्याम्पियनशिपमा नेपाली टिमहरुको उत्कृष्ट शुरुवात

काठमाडौं ।

पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशिया च्याम्पियनशिप फल २०२२ को पहिलो दिन नेपाली टिमहरुले उत्कृष्ट शुरुवात गरेका छन्।

बिहीबारदेखि शुरु भएको पीएमपीएल साउथ एशिया च्याम्पियनशिपको पहिलो दिन शीर्ष ६ टिममध्ये ४ टिम नेपालका रहेका छन्। ६ खेलमध्ये ४ खेलमा नेपाली टिमले जित (चिकन डिनर) हासिल गरेका छन्। बाँकी दुई चिकन डिनर मंगोलियाको टिमले लगेका छन् भने पाकिस्तानी टिमले चिकन डिनरको खाता खोल्न सकेका छैनन्।

पहिलो स्थानमा दुई मंगोलियन टिम लगलाईक स्टलवार्ट र आईएचसी ईस्पोर्टस् रहेका छन्। भने तेस्रोदेखि छौंठो स्थानमा क्रमश नेपाली टिम स्काइलाइट गेमिङ, डीआरएस गेमिङ, ट्रेन टु किल र हाई भोल्टेज रहेका छन्।

यस प्रतियोगितामा नेपाल र पाकिस्तानका समान ६/६ टिम र मंगोलियाका ४ टिमले प्रतिस्पर्धा गरिरहेका छ।

पहिलो दिन खेलिएको कुल ६ खेलमध्येमा ७१ अंक हासिल गर्दै गडलाइक स्टलवार्ट पहिलो स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको आईएसची ईस्पोर्टसँग ७० अंक रहेको छ।

शीर्ष स्थानको टिमबाट जम्मा दुई अंकले पछि रहँदै नेपाली टिम स्काईलाइट गेमिङ तेस्रो स्थानमा छ। स्काईलाइट गेमिङले ६९ अंक जोडेको छ।

डीआरएस गेमिङ, ट्रेन टु किल र हाई भोल्टेजको क्रमशः ६५, ४९ र ४७ अंक छ।

असोज २८ देखि असोज ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख ५० हजार अमेरिकी डलर छ।

प्रत्येक दिन ६ खेल गरी कुल २४ खेल खेलिनेछ। प्रतियोगिताको विजेताले ४० हजार अमेरिकी डलर, उपविजेताले २८ हजार अमेरिकी डलर र तेस्रो स्थानमा रहन सफल टिमले १८ हजार अमेरिकी डलर हात पार्नेछन्।

भने, चौथो स्थानमा रहनेले १० हजार अमेरिकी डलर, पाँचौले ७ हजार अमेरिकी डलर, छौटौं स्थानमा रहने टिमले ६ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।

७ औं र ८ औंले समान साढे ५ हजार अमेरिकी डलर प्राप्त गर्ने छन्।

९ औं देखि १२ स्थानमा रहेन टिमले पनि समान ४ हजार अमेरिकी डलर र १३ औं देखि १६ स्थानमा रहेन टिमले समान ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले व्यक्तिगत रुपमा २ हजार अमेरिकी डलर जित्ने छन्।

प्रकाशित: २८ आश्विन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार