ताइवान सुरक्षित रहे, सेमीकन्डक्टर चिपको विश्वव्यापी आपूर्ति श्रृंखला सुरक्षित रहने

  • Technology Khabar | २७ आश्विन २०७९, बिहीबार
ताइवान सुरक्षित रहे, सेमीकन्डक्टर चिपको विश्वव्यापी आपूर्ति श्रृंखला सुरक्षित रहने

काठमाडौं ।

ताइवान सुरक्षित रहेमा सेमीकन्डक्टर चिपको विश्वव्यापी आपूर्ति श्रृंखला सुरक्षित रहने ताइवानकी आर्थिक मामिला मन्त्री वाङ मेई हुआले बताएकी छिन्। उनले मंगलबार अमेरिकाको भ्रमणको दौरान यस्तो बताएकी द हिन्दुले लेखेको छ।

वासिङटनको सेन्टर फर स्ट्रैटेजिक एन्ड इन्टरनेशनल स्टडीजद्वारा आयोजित एक कार्यक्रममा वाङले चीन र ताइवानबीच बढ्दो सैन्य दबावको विषयमा टिप्पणी गर्दै यस्तो बताएकी हुन्।

उनको कार्यालयका अनुसार आपूर्ति श्रृंखला र भूराजनीतिक मुद्दाहरुको मुद्दा र ताइवानी सेमीकन्डक्टर कम्पनीहरुको प्रमुख ग्राहक अमेरिकी टेक फर्महरु भ्रमण गर्र्न वाङ हाल अमेरिकामा छिन्।

उनले लचिलो आपूर्ति श्रृंखला र सुनिश्चित गर्न ताइवान र अमेरिकाबीच थप सहयोगका लागि ताइवान इच्छुक रहेको बताइन्। वाङले उच्च प्रविधिको क्षेत्रमा ताइवानको प्रमुख भूमिकालाई ध्यानमा राख्दै चीनले ताइवानमा हस्तक्षेत्र गरेमा त्यसमा पनि असर पर्ने बताइन्।

विश्वको सबैभन्दा ठूलो चिप निर्माता टीएसएमसीलाई सैन्य बलले कब्जा गर्यो भने कम्पनीको उत्पादन बन्द हुने उनको आशय छ। वाङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई पनि सम्बोधन गर्दै यदि ताइवानलाई केही भयो भने विश्वव्यापी अर्थतन्त्रमा विनाशकारी प्रभाव पर्ने बताइन्।

ताइवान विश्वको सबैभन्दा ठूलो सेमीकन्डक्टर चिप आपूर्तीकर्ता मध्ये एक हो। पछिल्लो समय कोभिड-१९ का कारण विश्वभर गरिएको लकडाउनका कलकारखानाहरु बन्द हुँदा सेमीकन्डक्टरको अभाव चर्किएको थियो। यदि चीनले ताइवान माथि आक्रमण गरेमा फेरि पनि महत्वपूर्ण सेमीकन्डक्टर चिपको आपूर्तिमा नकारात्मक प्रभाव पर्नेछ।

प्रकाशित: २७ आश्विन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार