
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले नेटवर्क सेवा प्रदायक (एनएसपी) नेपाल इन्फ्रा एण्ड कम्यूनिकेशनको लाइसेन्स खारेज गरेको छ। कम्यूनिकेशनले नियमानुसार नविकरणका लागि निवेदन पेश नगरेकोले प्राधिकरणले लाइसेन्स खारेज गरेको हो।
दूरसञ्चार एने, २०५३ को दफा २५(५) बमोजिम कम्पनीको लाइसेन्स स्वत खोज भएको भन्दै प्राधिकरणले बुधबार सूचना प्रकाशित गरेको छ।
साथै नेटवर्क सेवा प्रदायकको सञ्चालन गरे वापत नियमानुसार बुझाउन कुनै दस्तुर देखिएमा उक्त रकम बुझाउन पनि सूचना मार्फत जानकारी गरिइएको छ।
यदि कम्पनीले बाँकी बक्यौता रकम नबुझाएमा सरकारी बाँकी सरह प्रचलित कानून अनुसार असुल उपर गरिने सूचनामा उल्लेख छ।
प्रकाशित: २६ आश्विन २०७९, बुधबार