सफ्ट्वेरिका कलेजका रिसर्च एण्ड डेभेलप्मेन्ट टोलीको बेलायत भ्रमण सम्पन्न

  • Technology Khabar | २६ आश्विन २०७९, बुधबार
सफ्ट्वेरिका कलेजका रिसर्च एण्ड डेभेलप्मेन्ट टोलीको बेलायत भ्रमण सम्पन्न

काठमाडौं ।

बेलयात स्थित कोभेन्ट्री विश्वविद्यायलको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको काठमाडौंको सफ्ट्वेरिका कलेज अफ आइटी एन्ड ईकमर्सको रिसर्च एण्ड डेभेलोप्मेन्टमा कार्यरत ९ जनाको टोलीले बेलायलको कोभेन्ट्री विश्वविद्यालय भ्रमण सम्पन्न गरेको छ।

सफ्ट्वेरिका कलेजबाटै स्नातक तहको शिक्षा हासिल गरेका रिसर्च एण्ड डेभेलप्मेन्ट टोलीका ९ जना सहित एमएससी इन डाटा साइन्स एण्ड कम्प्युटेसनल इन्टेलिजेन्सका हेड अफ एकेडेमिक्स एण्ड कोर्ष डाइरेक्टर मनोज श्रेष्ठले उक्त भ्रमण गरेका हुन्।

सेप्टेम्बर २३ देखि १२ दिनको लागि आयोजित यस भ्रमणमा उनीहरूले विभिन्न अनुसन्धान केन्द्रको अवलोकन गरेको श्रेष्ठ बताउँछन्।

उक्त भ्रमणमा उनीहरूले इन्टर्नेट, मेसिन, अटोमेटेड भेहिकल, आइओटी ल्याब, रोबोट, थ्रिडी प्रिन्टिर, इन्डक्सन मोटर लगायतका विषयमा जानकारी एवं ज्ञान हासिल गरेका छन् । जुन भविष्यमा नेपालमा पनि प्रयोगमा ल्याउन सकिने श्रेष्ठ बताउँछन्।

‘आगामी दिनमा पनि हरेक वर्ष यस्ता भ्रमणको आयोजना गरिने छ,’ श्रेष्ठ भन्छन् ‘भ्रमणमा सहभागीहरूले विभिन्न विषयमा धेरै ज्ञान हासिल गरेका छन्। यसलाई सदुपयोग गर्दै नेपालमा पनि प्रयोगमा ल्याउने हाम्रो योजना छ।’

उक्त भ्रमणमा आवतजावतको टिकट, बसोबास लगायतका सम्पुर्ण खर्च कलेजले नै गरेको श्रेष्ठले जानकारी दिए।

प्रकाशित: २६ आश्विन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार