भारतमा स्टारलिंक सेवा शुरु गर्दै स्पेसएक्स, लाइसेन्सका लागि आवेदन दिने तयारी

  • Technology Khabar | २६ आश्विन २०७९, बुधबार
भारतमा स्टारलिंक सेवा शुरु गर्दै स्पेसएक्स, लाइसेन्सका लागि आवेदन दिने तयारी

काठमाडौं ।

टेस्ला तथा स्पेसएक्सका सीईओ इलन मस्क स्टारलिंक स्याटलाइट इन्टरनेट सेवा भारतमा शुरु गर्न तयार भएका छन्। इकोनोमी टाइम्सका अनुसार स्टारलिंक स्याटलाइट इन्टरनेट सेवाका लागि लाइसेन्स लिनका लागि मस्क तयार भएका हुन्। योसँगै भारतमा स्याटलाइटका माध्यमबाट इन्टरनेट उपलब्ध गराउन परमिटका लागि आवेदन दिने स्टालिंक तेस्रो कम्पनी बन्ने छ।

स्पेसएक्स ल्याडिङ राइट र मार्केट एक्सेसका लागि भारत सरकारबाट वैधानिक अनुमति पनि माग्नेछ। रिपोर्ट अनुसार कम्पनीको स्थानीय गेटवे स्थापित गर्नका लागि दूरसञ्चार विभाग (डीओटी)बाट अनुमति लिने सम्भावना छ। स्पेसएक्स र डीओटीले हालसम्म यस विषयमा कुनै आधिकारिक टिप्पणी दिएको छैन।

यस वर्षको शुरुवातमा भारत सरकारले स्टारलिंकलाई देशमा काम गर्नका लागि लाइसेन्स प्राप्त नगरेसम्म आफ्नो सबै प्रि अडर फिर्ता लिन आदेश दिएको थियो।

मिडिया रिपोर्ट अनुसार स्पेसएक्सले छिट्टै भारतीय अधिकारीहरुलाई ग्लोबल मोबाइल पर्सनल कम्युनिकेसन बाई स्याटलाइट (जीएमपीसीएस) सेवा लाइसेन्सको लागि आवेदन दिनेछ। भारतीय समूह समर्थित वनवेब र रिलायन्स जियोले स्याटलाइट इन्टरनेटका लागि यस अघि नै आवेदन दिइसकेका छन्।

प्रकाशित: २६ आश्विन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • २६ आश्विन २०७९, बुधबार