अमेजनले युरोपभर इलेक्ट्रिक डेलिभरी गाडीमा १ बिलियन यूरो लगानी गर्ने

  • Technology Khabar | २६ आश्विन २०७९, बुधबार
अमेजनले युरोपभर इलेक्ट्रिक डेलिभरी गाडीमा १ बिलियन यूरो लगानी गर्ने

काठमाडौं ।

अमेजन डटकम इंकले नेट-जिरो कार्बन हासिल गर्न आफ्नो कार्यलाई तीव्र पार्दै, युरोपभरि इलेक्ट्रिक भ्यान, ट्रक र कम उत्सर्जन प्याकेज हबहरूमा अर्को पाँच वर्षमा १ बिलियन यूरो (९७४.८ मिलियन डलर) भन्दा बढी लगानी गर्ने बताएको छ।

लगानी यातायात उद्योगमा नविनतालाई प्रोत्साहित गर्ने र विद्युतीय सवारी साधन (इभीहरु) को लागि थप सार्वजनिक चार्जिङ पूर्वाधारलाई प्रोत्साहित गर्ने उद्देश्यले भएको खुद्रा विक्रेताले भनेको छ।

अमेरिकी अनलाइन रिटेलरले यो लगानीले युरोपमा आफ्नो इलेक्ट्रिक भ्यान फ्लीटलाई ३ हजार सवारी साधनबाट सन् २०२५ सम्ममा १० हजार भन्दा बढीमा पुर्याउन तीन गुणा बढाउन मद्दत गर्ने बताएको छ।

कम्पनीले आफ्नो युरोपेली अन्तिम माइल डेलिभरी फ्लीटको कति प्रतिशत विद्युतीय छ भनेर बताएको छैन, तर ती ३ हजार शून्य-उत्सर्जन भ्यानले २०२१ मा १०० मिलियन प्याकेजहरू डेलिभर गरेको छ।

अमेजनले आगामी वर्षहरूमा प्याकेज हबहरूमा “मिडल-माइल” ढुवानीका लागि प्रयोग हुने १,५०० भन्दा बढी भारी सामानहरू लाने विद्युतीय गाडीहरु खरिद गर्ने आशा पनि गरेको छ।

प्रकाशित: २६ आश्विन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...