क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य फेरी २० हजार डलर भन्दा तल

  • Technology Khabar | २५ आश्विन २०७९, मंगलवार
क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य फेरी २० हजार डलर भन्दा तल

काठमाडौं ।

गत हप्ताको गिरावट पछि, क्रिप्टोकरेन्सीको दरमा फेरि कमी देखिएको छ। क्रिप्टो बजारमा आज गिरावट आएसँगै यसको मार्केट क्याप १ ट्रिलियन डलर भन्दा तल झरेको छ।

क्रिप्टोकरेन्सीको मार्केट क्याप हाल ९८३.०२ बिलियन डलरमा कारोबार भइरहेको छ, जुन ०.२२ प्रतिशतले तल हो।

विश्वको सबैभन्दा लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइन हाल १.२३ प्रतिशतले झरेको छ र १९,३१९ डलरको दरमा कारोबार भइरहेको छ। यसको २४ घण्टाको भोल्युम १८.९८ बिलियन डलर रहेको छ।

विश्वको दोस्रो सबैभन्दा लोकप्रिय क्रिप्टोकरेन्सी इथरियमले पनि १.१४ प्रतिशतले कमी देखाउँदै १३१८.१३ डलरको दरमा कारोबार गरिरहेको छ। यसको २४ घण्टाको भोल्युम ६ अर्ब ५८ करोड डलर रहेको छ।

उता टिथरमा हरियो चिन्ह देखिएको छ तर यो केवल १.०२ को दरले वृद्धि भएको छ। यसको २४ घण्टाको मात्रा २६.५६ बिलियन डलरमा रेकर्ड भईरहेको छ।

अन्य क्रिप्टोकरेन्सीको कुरा गर्दा बाइनान्स क्वाइनसँगै बीआरबी, एक्सआरपी, डजीक्वाइन, पोल्काडोट, पोलिगन, कार्डानो, सोलाना, बीएनबीलगायतका कारोबारमा पनि गिरावट आएको छ।

स्मरणरहोस् नेपालमा क्रिप्टोकरेन्सी कारोबार गैरकानूनी रहेको छ।

प्रकाशित: २५ आश्विन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार