भिभोको चाडपर्व अफरः “दशैं तिहार भिभोको साथमा दैनिक उपहार हातमा”

  • Technology Khabar | २५ आश्विन २०७९, मंगलवार
भिभोको चाडपर्व अफरः “दशैं तिहार भिभोको साथमा दैनिक उपहार हातमा”

काठमाडौं ।

एक विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले सन् २०१७ मा नेपाली बजारमा प्रवेश गरेदेखि नै प्रयोगकर्ताहरुको विश्वास र माया प्राप्त गर्दै आइरहेको छ। नेपालीहरुको महान पर्व दशैं तिहारलाई लक्षित गर्दै भिभोले प्रयोगकर्ताहरुको जीवनमा उत्साह र उमंग थप्न सेप्टेम्बर ८ देखि अक्टोबर ३१ तरिखसम्मका लागि “दशैं तिहार भिभो को साथमा, दैनिक उपहार हातमा” योजना ल्याएको हो।

भिभोले चाडपर्वको उत्साहमा सहभागी हुन र समुदाय तथा प्रयोगकर्ताहरूप्रति कृतज्ञता व्यक्त गर्न आफ्ना ग्राहकहरूलाई विभिन्न आकर्षक उपहारहरु ल्याएको थियो जसअन्तर्गत, दुई भाग्यशाली प्रयोगकर्ताहरूले भी२५ फाइभजी स्मार्टफोन जित्ने मौका पाउनेछन् । साथै भिभो स्मार्टफोनको खरिदमा, हरेक हप्ता एक जनाले वाई१५सी स्मार्टफोन, हरेक दिन एक जनाले भिभो टिडब्लूएस २ई, हरेक दिन तीन जनाले एन्कर यू२आई र ४ जनाले विश्वकप फुटबल तथा ३० हजार भन्दा बढिको फोन खरिदमा ६ महिनाको थप वारेन्टी पाउन सक्नेछन् ।

कम्पनीकाअनुसार यस योजना अन्तर्गत ४०० भन्दा बढिले आकर्षक उपहार जित्न सक्नेछन् भने हालसम्म १५० भन्दा बढिले उपहार जितिसकेका छन् । यस योजना सिमित अवधिका लागि मात्र उपलब्ध छ। र, योजना सक्किन मात्र केहि समय बाकीँ छ तर, हामीसंग अझै हात खाली नजाने उपहारहरु छन् । त्यसैले छिटै भिभो मोबाइल खरिद गरेर आफू र आफ्ना प्रियजनहरूको लागि भिभोका विशेष उपहार जित्नुहोस् र चाडपर्वलाई अझै रमाइलो बनाउनुहोस्।

यस योजनामार्फत भिभोले प्रयोगकर्तालाई विशेष महशुस गराउने र चाडपर्वमा उमंग थप्ने कोसिस गरेको छ । साथै, यस योजनामा सहभागिताको सहजता र ग्राहक सन्तुष्टि सुनिश्चित गर्न भिभोले चाडपर्वका अफरमा सहभागी हुने प्रक्रियालाई सहज बनाएको छ। दशैंको लक्की ड्रमा सहभागी हुनका लागि, प्रयोगकर्ताहरूले भिभो नेपालको आधिकारिक फेसबुक पेजमा उपलब्ध क्यूआर कोड स्क्यान गर्नुपर्नेछ, वेबसाइटमा गएर फारमको विवरण पेश गर्नु पर्नेछ र केही सेकेण्डमा, प्रयोगकर्ताले जितेको पुरस्कार डिस्प्ले हुन्छ। हालसम्म १५,००० भन्दा बढी ग्राहकहरु यस योजनामा सहभागी भइसकेका छन्। यी आकर्षक अफरहरू यही ३१ अक्टोबरसम्म मात्र उपलब्ध छ।

प्रकाशित: २५ आश्विन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार