
काठमाडौं ।
अविरल वर्षासँगै जाजरकोट सदरमुकामदेखि सबै पालिकामा सञ्चार सेवा अवरुद्ध भएको छ।
सोलार सिस्टममा घाम नलाग्दा यहाँका टेलिफोन टावरले काम नगरेको जाजरकोटको भेरी नगरपालिकाका बागेश्वरी आवासिय विद्यालयका शिक्षक अजय नेपालीले जानकारी दिए।
टेक्नोलोजीखबरसँग कुरा गर्दै उनले भने, “सदरमुकाममा समेत तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा फोन सेवा अवरुद्ध छ, भेरी नगरपालिका सहित जिल्लका सबै सातओटा पालिकाहरु छेडागाढ नगरपालिका, नलगाड नगरपालिका, कुसे गाउँपालिका, बारेकोट गाउँपालिका, जुनीचाँदे गाउँपालिका, शिवालय गाउँपालिकामा सञ्चार सेवा अवरुद्ध भएको छ।”
वर्षा निरन्तर भइरहेकाले विद्युत्, सञ्चार सबै सेवासँगै ग्रामीण सडकसमेत पूर्ण रुपमा ठप्प भएका छन्।
प्रकाशित: २४ आश्विन २०७९, सोमबार