रुकुमपूर्वको भुुमेमा सञ्चार सुविधा

  • Technology Khabar | २३ आश्विन २०७९, आईतवार
रुकुमपूर्वको भुुमेमा सञ्चार सुविधा
सांकेतिक तस्बिर

काठमाडौं ।

रुकुमपूर्वको भूमे गाउँपालिका ६, महत गाउँमा निर्माण भएको नेपाल टेलिकमको टावर सञ्चालन भएको छ।

चाडबाडको रमझमसँगै महत गाउँमा सञ्चार सेवा सुरु भएपछि स्थानीयमा खुसी थपिएको छ।

पालिकाका प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले लामो प्रयासपछि महत गाउँमा रहेको टेलिकमको टावर सञ्चालनमा आएको बताए। उनकाअनुसार टावर सञ्चालन नहुँदा भुमे गाउँपालिकाका सर्वसाधारणमा सञ्चारको सहज पहुँचमा थिएनन्।

टावर सञ्चालनमा आएपछि सबैतिर फोन लागिरहेको र गाउँमा खुसियाली छाएको भुमे गाउँपालिकाका पूर्वअध्यक्ष रामसुर बुढाले जानकारी दिए।गोरखापत्रबाट

प्रकाशित: २३ आश्विन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

AED installed at Bishal Bazar to strengthen community emergency response

  • Technology Khabar
  • २३ आश्विन २०७९, आईतवार