भौतिकशास्त्रको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई प्रदान, क्वान्टम सूचना विज्ञानमा अनुसन्धान

  • Technology Khabar | १८ आश्विन २०७९, मंगलवार
भौतिकशास्त्रको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई प्रदान, क्वान्टम सूचना विज्ञानमा अनुसन्धान

काठमाडौं ।

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा गरिएको छ। स्वीडेनको स्टकहोममा आज नोबेल पुरस्कार सप्ताह २०२२ को दोस्रो दिन हो।

आज भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई प्रदान गरिएको छ। क्वान्टम इन्फर्मेशन साइन्स र फोटोन्समा गरेको अनुसन्धानका लागि एलेन एस्पेक्ट, जोन एफ क्लाउजर र एन्टोन गेलिङ्गरलाई यो अवार्ड दिइएको हो।

एलेन एस्पेक्ट फ्रान्सका हुन। उनी पेरिस र शिले विश्वविद्यालयका प्राध्यापक हुनु। जोन एफ क्लाउजर अमेरिकी अनुसन्धानकर्ता र प्रोफेसर हुन्। एन्टोन गेलिङ्गर अस्ट्रियाको भियना विश्वविद्यालयमा भौतिकशास्त्र विभागका प्रमुख र अनुसन्धानकर्ता हुन्।

नोबेल पुरस्कार सप्ताह अक्टोबर १० सम्म चल्नेछ। ७ दिनमा कुल ६ पुरस्कार घोषणा गरिनेछ। सोमबार चिकित्साशास्त्रको नोबेल पुरस्कार स्विडेनका सावान्ते पाबोलाई दिने घोषणा गरिएको थियो।

तीनै वैज्ञानिकको अनुसन्धान

नोबेल समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यी तीनै वैज्ञानिकले एन्टेन्ग्ल्ड क्वान्टम स्टेट (entangled quantum states) मा अनुसन्धान गरेका थिए। यसमा, दुई कणहरू ठ्याक्कै समान रूपमा व्यवहार गर्छन्। यी दुई कणहरूलाई अलग गरिए पनि तिनीहरूको व्यवहार परिवर्तन हुँदैन।

यो अनुसन्धान नयाँ प्रविधिको लागि मात्र प्रयोग हुने छैन, यसलाई भौतिक विज्ञानको क्वान्टम सूचना सिद्धान्तमा पनि विस्तार गर्न सकिन्छ। अझ महत्त्वपूर्ण कुरा, यसले धेरै गम्भीर रोगहरूको उपचारमा नयाँ बाटो खोल्न सक्छ।

प्रविधिको कुरा गर्दा क्वान्टम कम्प्युटर, क्वान्टम नेटवर्क र क्वान्टम इन्क्रिप्टेड कम्युनिकेशनमा यो अनुसन्धानले नयाँ क्रान्ति ल्याउन सक्छ। क्वान्टम मेकानिक्सले पनि नयाँ बाटो पाउनेछ।

 

प्रकाशित: १८ आश्विन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार