डिशमिडिया नेटवर्कले सहयोग गर्ने भरोसा छात्रवृत्तिका लागि ३४ विद्यार्थी छनौट

  • Technology Khabar | १४ आश्विन २०७९, शुक्रबार
डिशमिडिया नेटवर्कले सहयोग गर्ने भरोसा छात्रवृत्तिका लागि ३४ विद्यार्थी छनौट

काठमाडौं ।

डिशमिडिया नेटवर्कले सहयोग गर्ने भरोसा छात्रवृत्तिका लागि ३४ विद्यार्थी छनौट भएका छन्।

कोभिड १९ बाट प्रभावित,(अभिभावक गुमाएका) भई शिक्षा बाट बञ्चित हुन पुगेका ३४ बालबालिकाहरु लाई भरोसा छात्रवृत्ति अभियानले छनौट गरेको छ।

यस छात्रवृत्तिमा भरोसा अभियानले प्रत्येक बालबालिकाहरुलाई १ देखी १२ कक्षा सम्म अध्यायनको लागी रु ५००० प्रति महिनाका दरले रकम उपलब्ध गराउने बताइएको छ।

छात्रवृत्तिका लागि आवश्यक रकम डिशमिडिया नेटवर्कले उपलब्ध गराउँदै आएको छ। साथै प्राविधिक सहयोगका हेल्प नेपाल तथा फ्याक्ट नेपाल गर्दै आएको जनाएको छ।

प्रकाशित: १४ आश्विन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...