दशैं/तिहार बिदामा टेलिकमले बागमती प्रदेशका १९ काउन्टरबाट सेवा दिने, (सूचीसहित)

  • Technology Khabar | १४ आश्विन २०७९, शुक्रबार
दशैं/तिहार बिदामा टेलिकमले बागमती प्रदेशका १९ काउन्टरबाट सेवा दिने, (सूचीसहित)
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भद्रकाली प्लाजामा रहेको मुख्यालय। फाइल तस्बिर

काठमाडौं ।

नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि दशैं तथा तिहार बिदामा पनि सेवा प्रदान गर्ने भएको छ। नेपाल टेलिकमले दशैं तथा तिहारको बिदाको समयमा बागमती प्रदेशका १९ काउन्टरबाट सेवा दिने भएको छ।

बिदाको अवधिमा पनि ग्राहकलाई पीएसटीएन, एडीएसएल, एफटीटीएच, जीएसएमको महशुल भुक्तानी, सिम वितरण तथा परिवर्तन सम्बन्धी कार्यका लागि काउन्टर खोल्ने भएको हो।

नेपाल टेलिकमले असोज १६ गते, १८ गते २१ गते तथा कार्तिक ८ गते र ११ गते काठमाडौंको सुन्धारा, चाबहिल, र गोंगबु, काभ्रेको बनेपा, रामेछापको मन्थली, दोलखाको चरिकोट, धादिङको धादिङ बजार, मकवानपुरको हेटौंडा र चितवनको भरतपुर काउन्टर कार्यालयबाट सेवा दिनेछ।

यस्तै टेलिकमले असोज १७ गते, २० गते तथा कार्तिक ७ गते ९ गते र १३ गते काठमाडौंको नक्साल, छाउनी, ललितपुरको पाटन, भक्तपुरको ठिमी, काभ्रेको पाँचखाल, सिन्धुपालचोकको चौतारा, सिन्धुलीको सिन्धुली बजार, नुवाकोटको त्रिशूली र चितवनको टाँडी काउन्टर कार्यालयबाट सेवा दिनेछ।

यी काउन्टर कार्यालयबाट बिहान १० बजेदेखि ५ बजेसम्म सेवा उपलब्ध हुने नेपाल टेलिकमको सूचनामा उल्लेख छ।

प्रकाशित: १४ आश्विन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार