
काठमाडौं ।
लोकप्रिय स्ट्रिमिङ प्लेटफर्म ट्विचको खराब सञ्चारको कारण प्रयोगकर्तामा भ्रम सिर्जना भएको छ। क्रोम, एज र फायरफक्स ट्विचद्वारा आधिकारिक रुपमा समर्थित वेब ब्राउजरहरु भएको भनेर घोषणा गर्दा सेवा प्रयोगकर्तामा भ्रम सिर्जना भएको दभर्जले उल्लेख गरेको छ।
बोट खाताहरु सिर्जना गर्न प्रयोग भइरहेको पहुँच बिन्दुहरु पत्ता लगाउन र बन्द गर्न वैकल्पिक ब्राउजरहरुमा अस्थायी प्रतिबन्ध लगाइएको हो।
प्रयोगकर्ताले ट्विच लगइन गर्दा समस्या भोग्नु परेको थियो। ट्विचको सपोर्टले उक्त समस्यालाई सम्बोधन गर्दै प्रयोगकर्ताहरुलाई ३ समर्थित ब्राउजरहरुको अप टु डेट भर्सनबाट लगइन गर्न अनुरोध गरिएको छ। समस्याहरुको समाधन गर्न हेल्प आर्टिकलको घोषणा चाँडै आउनेछ।
घृणा फैलाउने बोटनेटहरु विरुद्ध लड्नका लागि यो अस्थायी उपायको रुपमा ब्राउजरहरु माथि प्रतिबन्ध गरिएको ट्विचका सीपीओ टम भेरिलीले ट्विटर मार्फत स्पष्ट गरे।
‘दुभाग्यवश यो हो कि ट्विच सुरक्षित बनाउने काममा छ। भविष्यको घृणित आक्रमण रोक्नका लागि मानिसहरुले आज आफ्नो प्राथमिकताको ब्राउजरको प्रयोग गर्न आवश्यक छैन,’ भेरिलीले भने।
ओपेरा जीएक्सले ट्विच प्रयोगकर्ताहरुलाई आफ्नो नयाँ अपडेटेड ब्राउजर मार्फत अझै पनि स्ट्रिमङ प्लेटफर्म चलाउन सक्ने आश्वासन ट्विटरमा दिएको छ।
???? Seeing an error when logging in? Be sure you are using a supported web browser (Chrome, Firefox, or Edge), and your browser is fully updated!
We have a help article to help troubleshoot this coming soon!
— Twitch Support (@TwitchSupport) September 28, 2022
दभर्जले ३ ठूलो वैकल्पिक ब्राउजर, सफारी, ब्रेभ र ओपेरा जीएक्समा ट्विचको परीक्षण गरेको छ। त्यसमा ३ ओटै ब्राउजरमा लगइन हुनुका सार्थ भिडियो हेर्ने र स्ट्रिम गर्न सकिने सुविधा उपलब्ध छ।
अन्य ब्राउजरहरुको लागि आधिकारिक समर्थन नदिने ट्विचको निर्णको चर्को आलोचना भइरहेको छ। तर पनि अझै पनि ट्विचले समर्थन नगरेको ब्राउजरहरुमा स्ट्रिमिङ सेवा पूर्ण रुपमा ब्लक गरेको देखिँदैन।
प्रयोगकर्ताहरुले ट्विचको समर्थन नभएको ब्राउजर प्रयोग गरेर खरिद गर्न नसकिएको र समर्थित ब्राउजरहरु मध्ये एक प्रयोग गर्ने स्ट्रिमरहरुले लगइनमा समस्या अनुभव गरिरहेको बताइरहेका छन्।
प्रकाशित: १४ आश्विन २०७९, शुक्रबार