अन्तर्राष्ट्रिय मोबाइल गेम प्रतिस्पर्धा हुने

  • Technology Khabar | १३ आश्विन २०७९, बिहीबार
अन्तर्राष्ट्रिय मोबाइल गेम प्रतिस्पर्धा हुने

काठमाडौं ।

अन्तराष्ट्रिय “मोबाइल गेम” प्रतिस्पर्धा हुने भएको छ।

युरोपमा छैटौं ह्याकाथन कार्यक्रममा “मोबाइल गेम” प्रतिस्पर्धा तय गरेको बीबीसीले जनाएको छ। प्रतियोगिताका लागि आवेदनहरू, जसमा कम्पनीसँग कर्मचारीहरूको बन्धनलाई सुदृढ पार्ने र उनीहरूको काममा रमाइलो थपेर काम गर्ने उद्देश्यले “मोबाइल गेम” का लागि आवेदन खोजिएको हो।

टाढाको व्यवसायिक कामलाई बलियो पार्न र “मोबाइल गेम” ले जीवनको सबै क्षेत्रलाई एक हिस्सा बनाउन तथा प्रतिस्पर्धाले जीवनलाई उत्प्रेरणा दिनका लागि आवेदन बुझाएर प्रतियोगितामा रमाइलोसँगै पुरस्कार जित्न पाउने सूचनामा उल्लेख छ।

प्रतियोगितामा सामेल हुनका लागि सेप्टेम्बर २९ देखि एक साताको लागि समय निर्धारण गरिएको छ।

“मोबाइल गेम” प्रतियोगितामा प्रथम हुनेले ३० हजार युरोपियन पाउण्ड स्ट्रलिङ पाउनेछन्। दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १५ हजार पाउण्ड स्ट्रलिङ पुरस्कार पाउनेछन्।

प्रतियोगिताको मिति पछि तय गरिने ह्याकाथनले जनाएको छ।

प्रतियोगिताको लागि एकल, २ जना वा ४ जनासम्मले एउटा समुहबाट खेल्न पाउनेछन्।

अनलाइनबाटै हुने प्रतियोगितामा भाग लिन चाहनेले mobil.oyun.hackatho  मा क्लिक गरेर भर्न सक्नेछन्।

प्रकाशित: १३ आश्विन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार