
काठमाडौं ।
नासाको इनसाइट ल्यान्डरले मंगल ग्रहमा खसेको उल्काको ‘ब्लूप’ आवाज कैद गरेको छ।
नासाको इनसाइट ल्यान्डरले मंगल ग्रहमा ठोक्किने अन्तरिक्ष चट्टानको भूकम्पीय छालहरू रेकर्ड नभएकाले कसैले पनि उल्का अर्को ग्रहमा ठोक्किएको आवाज सुनेको थिएन।
तर अब भने उल्काको ‘ब्लूप’ आवाज रेकर्ड भएकाले सबैले सुन्न सक्ने प्रमाणित भएको बिजनेश साइडरले जनाएको छ।
यस अघि गत वर्ष सेप्टेम्बर ५ २०२१ मा, अन्तरिक्षमा हिँडिरहेको एउटा चट्टानले रातो ग्रहको बाटो पार गरेको थियो। त्यसबेला उल्का ग्रहको धुलो सुन्तला सतहतिर पुग्यो, वायुमण्डलमार्फत एक आघात तरंग समेत निस्केको थियो तर त्यो रेकर्ड नभएकाले विश्वास गर्न सकिँदैन थियो।
अब भने मंगल ग्रहमा खसेको उल्काको आवाज कस्तो रहेछ भनेर सुन्न सकिने भएको छ।
यो आवाज अनुसन्धान पछि केही समयमै नासा वेबसाईट मार्फत सबैले सुन्न सकिने गरी राखिने नासाले जनाएको छ।
नासाको पर्सिभेरन्स रोभरले एक वर्ष पहिले मंगल ग्रहबाट आफ्नो पहिलो नमूनाहरू सङ्कलन गरेको थियो र तिनीहरू सम्भवतः सन् २०३३ मा पृथ्वीमा आउनेछन् र युरोपको नमूना सङ्कलन गर्ने मार्स रोभरहरूको सहयोगमा आउने दाबी गरिएको छ।
नासाले गएको अप्रिलमा नमूना पुन: प्राप्ति ल्यान्डरको स्केच जारी गर्यो। “मंगल ग्रहका नमूनाहरू सन् २०३३ मा पृथ्वीमा आउने अपेक्षा गरिएको छ,” नासाले जनाएको छ।
मंगल ग्रहबाट नमूनाहरू फिर्ता ल्याउन नासाले २ ओटा हेलिकप्टरहरू पठाएको थियो। तर त्यसभन्दा अघि कै हेलिकप्टरद्वारा मंगल ग्रहमा खसेको उल्काको ब्युप आवाज कैद भएको हो।
प्रकाशित: १३ आश्विन २०७९, बिहीबार