चीनद्धारा ३ नयाँ भूउपग्रह प्रक्षेपण

  • Technology Khabar | १२ आश्विन २०७९, बुधबार
चीनद्धारा ३ नयाँ भूउपग्रह प्रक्षेपण

काठमाडौं ।

चीनले ३ ओटा नयाँ स्याटेलाइट (भूउपग्रह) प्रक्षेपण गरेको छ।

चीनले बुधबार विहान आफ्नो लङ मार्च रकेटमार्फत तीनवटा भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको गीगचाइनाले जनाएको छ।

शियान-१६ए, शियान-१६बी र शियान-१७ उपग्रहहरू ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट लङ मार्च–६ रकेटमा प्रक्षेपण गरिएको हो।

चीनले स्याटेलाइटहरू तिनीहरूको भविष्यवाणी गरिएको कक्षमा प्रवेश गरेको रिपोर्ट सार्वजनिक गरेको हो।

यी भूउपग्रह क्षेत्र सर्वेक्षण, शहरी योजना, विपद् रोकथाम र न्यूनीकरण अध्ययनमा प्रयोग गरिने बताइएको चीनको दाबी छ।

लङ मार्च क्यारियर रकेट श्रृंखलाले आफ्नो ४४० औं मिशन पूरा गरेको हो।

प्रकाशित: १२ आश्विन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...