कामना सेवाद्वारा डिजिटल बैंकिङ्ग प्रबर्द्धनको लागि चौथो अनलाइन वेबिनार सम्पन्न

  • Technology Khabar | ११ आश्विन २०७९, मंगलवार
कामना सेवाद्वारा डिजिटल बैंकिङ्ग प्रबर्द्धनको लागि चौथो अनलाइन वेबिनार सम्पन्न

काठमाडौं ।

कामना सेवा विकास बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई डिजिटल बैंकिङ्ग सम्बन्धी जानकारी तथा यसको उचित प्रयोग सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले असोज ८ गते चौथो अनलाइन वेबिनार सम्पन्न गरेको छ। बैंकले यस्तो कार्यक्रम हरेक महिना सञ्चालन गर्दै आइरहेको छ।

उक्त कार्यक्रममा बैंकका कर्मचारीले विल भुक्तानी गर्ने, अनलाइन खाता खोल्ने, सामाजिक सञ्जाल मार्फत बैंकिङ्ग कारोबार गर्ने, अन्तर बैंकिङ्ग रकम ट्रान्सफर गर्ने जस्ता विभिन्न बैंकिङ्ग कारोबारहरु कसरी डिजिटल माध्यमद्वारा गर्न सकिन्छ भन्ने जानकारी गराउनका साथै कसरी सुरक्षित डिजिटल कारोबार गर्ने भन्ने जस्ता महत्वपुर्ण जानकारीहरु प्रदान गरिएको थियो।

बैंकले आफ्नो वित्तीय साक्षरता अन्तर्गत सो कार्यक्रम संचालन गरेको र आगामी दिनहरूमा पनि थप प्रभावकारी रूपमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै जाने बताएको छ।

प्रकाशित: ११ आश्विन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार