विद्युतीय सुशासन आयोगको सीईओमा ई. विष्ट नियुक्त

  • Technology Khabar | ९ आश्विन २०७९, आईतवार
विद्युतीय सुशासन आयोगको सीईओमा ई. विष्ट नियुक्त

काठमाडौं ।

विद्युतीय सुशासन आयोगको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ईन्जिनियर दिपेश विष्ट नियुक्त भएका छन्। गत शुक्रबार (असोज ७) गतेको मन्त्रिपरिषद्को बैठकले विष्टलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

टेक्नोलोजीखबरसँग कुरा गर्दै विष्टले आफू आयोगको सीईओमा नियुक्त भएको जानकारी दिए। उनलाई यो संस्थाको प्रमुखको रुपमा चार वर्षका लागि नियुक्त गरिएको हो।

‘यो संस्थालाई नेपालको आईटी क्षेत्रका लागि महत्वपूर्ण संस्थाको रुपमा विकास गर्न सक्रिय रुपमा काम गर्नेछु,’ विष्टले भने।

आयोगको सीईओका लागि माग गरिएको प्रस्तावमा ३ जनाले आवेदन दिएका थिए। तीन मध्ये विनोद ढकाल र दिपेश विष्ट सर्ट लिस्टमा परेका थिए।

नव नियुक्त सीईओ विष्ट प्रधानमन्त्री शेरबहादु देउवाका आईटी सल्लाहकार समेत हुन्।

प्रकाशित: ९ आश्विन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार