सरकारी डाटा सेन्टरमा आगलागी

  • Technology Khabar | ९ आश्विन २०७९, आईतवार
सरकारी डाटा सेन्टरमा आगलागी

काठमाडौं ।

हेटौंडास्थित सरकारी डाटा सेन्टर (डिजास्टर रिकभरी सेन्टर)मा आइतबार आगलागी भएको छ।

डाटा रिकभरी सेन्टरमा रहेका ब्याट्री पड्किएर आगलागी भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ।

यसअघि काठमाडौंमा रहेको डाटा सेन्टरमा पनि ब्याट्री पड्किएरै आगलागी भएको थियो।

कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को सहयोगमा ३ वर्ष अघि सन् २०१९ मा ३७ करोड रुपैयाँको लागतमा डाटा सेन्टर निर्माण गरिएको हो।

सरकारी तथा निजी क्षेत्रका महत्वपूर्ण सूचना तथा व्यवसायिक कागजपत्रको संरक्षण गर्ने उद्देश्यले हेटौँडामा निर्माण गरिएको डाटा सेन्टर सञ्चालनमा आएको हो।

अधिकांश सेवा तथा सूचनाको ब्याकअप सिंहदरबारमै भएपनि प्रदेशका कतिपय सेवामा आगलागीको असर पर्नेछ।

हाल आगलागि नियन्त्रयमा आएको र ठूलो आगलागी नभएपनि क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको मकवानपुर प्रहरीले उल्लेख गरेको छ।

आगो नियन्त्रण गर्न हेटौंडा उपमहानगरको दमकलसहित जिल्ला प्रहरी कार्यालय, बागमती प्रदेश प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको थियो।

क्षतिको पूरा विवरण बुझ्न अवस्थाबारे थाहा पाउन प्रविधि केन्द्रको टोली हेटौडा गएकोले क्षतिबारे सोमबार थाहा हुनेछ।

प्रकाशित: ९ आश्विन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...