जीटीए ६ ह्याक गर्ने १७ वर्षिय पक्राउ

  • Technology Khabar | ९ आश्विन २०७९, आईतवार
जीटीए ६ ह्याक गर्ने १७ वर्षिय पक्राउ

काठमाडौं ।

बेलायत प्रहरीले एक १७ वर्षिय संदिग्ध ह्याकरलाई पक्राउ गरेको छ। जीटीए ६ ह्याक गरेको आरोपमा यी १७ वर्षिय युवालाई बेलायत प्रहरीले पक्राउ गरेको इनग्याजेडले उल्लेख गरेको छ।

रिपोर्टका अनुसार उक्त गिरफ्टारी रकस्टार गेम ह्याकसँग पनि जोडिएको छ। जसले मेजर ग्रान्ड थफ्ट अटो ६ लीको नेतृत्व गरेको थियो। ती युवा उबर ह्याकिङको घटनामा पनि संलग्न भएको आशंका गरिएको छ।
कम्पनीले जीटीए ६ २०२४र२५ मा सार्वजनिक गर्ने योजना बनाएको थियो।

पत्रकार म्याथ्यू कीजको स्रोतका अनुसार यो गिरफ्तारी लन्डन प्रहरी, बेलायतको राष्ट्रिय साइबर अपराध युनिट र एफबीआईसँगको अनुसन्धानको परिणाम हो।
हालका लागि कुनै थप जानकारी उपलब्ध गराउन नसकिने लन्डन शहर पुलिसले इनग्याजेडलाई भनेको छ।

एक साता अघि एक प्रसिद्ध ह्याकर तथा ह्याकर फोरम ब्रिजफोरमका मालिक ‘पोमपोमपुरिन’ले जीटीए ६ लीकमा ह्याकरको पहिचान खुलासा गरेका थिए।

उनका अनुसार यस अपराधको मुख्य दोषी १६ वर्षी टीपोटुबर ह्याकर हुन्। यी ह्याकर साइबर अपराध टोली ‘ल्याप्सस$’ का प्रमुख पनि हुन्।

ह्याकर समूह ‘ल्याप्सस$’ गत वर्षको अन्त्यदेखि धेरै ह्याकिङका घटनाहरुमा संलग्न छ। माइक्रोसफ्ट, सामसङ, एनभिडिया र युबिसफ्टलगायत धेरै प्राविधि कम्पनीहरु उक्त समूहको आक्रमणको चपेटामा परेका छन्। ह्याकर समूहको मुख्य लक्ष्य भनेको छिटो पैसा कमाउने रहेको छ।

यसअघि लन्डन प्रहरीले यस ह्याकिङ समूहका धेरै टोली सदस्यहरुलाईपक्राउ गर्न सफल भइसकेको छ। उनीहरु सबै किशोरकिशोरी थिए।

प्रकाशित: ९ आश्विन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...