पठाओको ४ वर्ष पूरा, आजदेखि चितवनमा सेवा सुरु

  • Technology Khabar | ८ आश्विन २०७९, शनिबार
पठाओको ४ वर्ष पूरा, आजदेखि चितवनमा सेवा सुरु

काठमाडौं ।

राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालको व्यवसायिक यात्रा ४ वर्ष पूरा भएको छ। पठाओले २५ सेप्टेम्बर २०१८ देखि बाइकमा राइड सेयरिङमार्फत सेवा सुरू गरेको थियो । आफ्नो सेवा विस्तार गर्दै पठाओले ९ अगस्ट २०१९ मा कार लाइट अर्थात् ट्याक्सी सेवा पनि जोडेको थियाे । कार लाइट सुरु गरेपछि क्याप्टेन (ट्याक्सी चालक) हरूको अतिरिक्त आम्दानीमा टेवा दिँदै ट्याक्सीको सेवालाई बार्गेनिङको झन्झट हटाउँदै गेटदेखि गेटसम्म पुगेको छ।

अहिले राजधानीका पचास प्रतिशतभन्दा बढी ट्याक्सी चालक प्रविधिमैत्री हुँदै पठाओमा आबद्ध भएको प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यात बताउँछन् । राइड सेयरिङ सुरू गरेको २ वर्षपछि २५ सेप्टेम्बर २०२० मा पठाओले होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै पठाओ फुड सुरू गरेको थियो । राइडर र सेवाग्राहीको सुरक्षालाई मध्यनजर गर्दै पठाओले राइड सेयरिङमा नेपालमै पहिलोपटक हिमालयन एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा बीमाको सुरूसमेत गरेको छ ।

प्रविधिको विकासले ल्याइदिएको यो सुविधाकै कारण अहिले दैनिकरूपमा हजारौं राजधानीबासीले प्रत्यक्ष रूपमा सहज सेवा पाइरहेका छन् भने दैनिक हजारौं राइडररक्याप्टेन र फुडम्यानले अर्थोपार्जन गरिरहेका छन् । पठाओले गत वर्षदेखि पठाओ बजार पनि सुरू गरेको छ । सामान अर्डर गरेको ४५ मिनेटमै होम डेलिभरी दिने गरी २०७८ को जेठ ३० गतेदेखि पठाओ बजार सुरू गरिएको थियो ।

चितवनमा पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लु बुक र सवारी चालक अनुमतिपत्र सहित भरतपुरको कान्ति चोकमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सक्छन् । थप जानकारीका लागि ०१-५९७००९९ मा कल गर्न पनि सकिन्छ ।

आजदेखि चितवनमा सेवा सुरु

काठमाडौं उपत्यकामा लोकप्रिय बनेको पठाओले चितवनमा पनि आजबाट आफ्नो सेवा सञ्चालन गरेको छ । चितवनमा अटो र बाइकमा पठाओ सेवा सुरु भएको हो । यात्रुलाई सहजता प्रदान गर्नुका साथै रोजगारीको माध्यमसमेत बन्दै गएको यस प्लेटफर्ममा युवाहरूको आकर्षण बढी रहेको पठाओकी प्रवक्ता सुरक्षा हमाल बताउँछिन्। चितवनमा पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लू बुक र सवारी चालक अनुमतिपत्रसहित भरतपुरमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने जनाएको छ।

प्रकाशित: ८ आश्विन २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...