ह्वाट्सएप कल गर्दा पैसा तिर्नुपर्ने कानून ल्याउँदै भारतीय सरकार

  • Technology Khabar | ९ आश्विन २०७९, आईतवार
ह्वाट्सएप कल गर्दा पैसा तिर्नुपर्ने कानून ल्याउँदै भारतीय सरकार

काठमाडौं ।

छिमेकी देश भारतमा चाँडै नै यस्तो प्रणाली लागू हुन गइरहेको छ, जस अन्तर्गत प्रयोगकर्ताले ह्वाट्सएप कल गर्न पैसा तिर्नुपर्नेछ। मोदी सरकारले जनताको राय लिन हालै भारतमा टेलिकम विधेयकको मस्यौदा जारी गरेको छ।

सो विधेयकमा ह्वाट्सएप, फेसबुक मार्फत कल वा म्यासेज पठाउने सुविधालाई दूरसञ्चार सेवा मानिने व्यवस्था गरिएको छ र यसका लागि यी कम्पनीहरूले लाइसेन्स लिनुपर्नेछ।

ह्वाट्सएप र फेसबुक जस्ता प्लेटफर्मले उपभोक्तालाई मेसेजिङ वा कलिङ सेवा उपलब्ध गराउँदै आएको देशका दूरसञ्चार कम्पनीहरूले लगातार गुनासो गर्दै आएका छन् । यी दूरसञ्चार कम्पनीहरूले आफ्ना सेवाहरू दूरसञ्चार सेवा अन्तर्गत भएको बताउँदै आएका छन् तर ह्वाट्सएप र फेसबुक जस्ता प्लेटफर्म भने सोशल मिडियाअन्तरगत पर्दछन्।

यस विषयमा जनताको राय जान्न विधेयकको मस्यौदा सार्वजनिक गरिएको भारतिय मिडियाहरुले जनाएका छन्। अक्टोबर २० सम्ममा जनताले यस विधेयकका प्रावधानहरूबारे आफ्नो राय दिन सक्नेछन्। जनताको राय आएपछि विधेयक संसदमा पेश हुनेछ। यसैगरी विधेयकमा साइबर ठगी रोक्न पनि व्यवस्था गरिएको छ।

प्रकाशित: ९ आश्विन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...