बजारका अस्तव्यस्त तार व्यवस्थापन गरिँदै

  • Technology Khabar | ८ आश्विन २०७९, शनिबार
बजारका अस्तव्यस्त तार व्यवस्थापन गरिँदै

काठमाडौं ।

झापा दमकको मुख्य चोक तथा बजार क्षेत्रमा अस्तब्यस्त  राखिएका बिभिन्न इन्टरनेट तथा केवल प्रदायक संस्थाका तारसहित बिजुलीको तार ब्यवस्थापनको काम शुरु भएको छ।

अब्यवस्थित रुपमा बिजुलीको पोल नै नदेखिने गरी बिभिन्न प्रकारका तार राखिदा बारम्बार रुपमा बिजुलीको पोलमा आगलागी हुने र विद्युत् अवरोध हुने गरेपछि दमकको वडा  ८ को कार्यालयले आफ्नो वार्डभित्रका बिजुलीको पोलको अब्यस्थित तार हटाउन सम्बन्धितलाई निर्देशन दिएको थियो ।

वडा ९ का वडाध्यक्ष दीपेश दहालका अनुसार नगरपालिकामा समेत यस विषयमा छलफल भएपछि नगरका प्रमुख बजारक्षेत्र र चोक आसपासमा समेत ठूलो समस्या रहेकाले एकैसाथ ब्यवस्थापन गर्ने नगरपालिकाले सोचेर सार्वजनिक सूचना निकालेर ब्यवस्थित गर्न थालेको हो ।

दमक नगर प्रमुख राम थापाका अनुसार एकातिर मात्र बिजुलीकाे पोल रहेकाले अब मुख्य र बजार क्षेत्रमा प्रवेश गर्ने सडकको दुबैतर्फ बिजुलीको पोल लगाएर तारको ब्यवस्थापन गर्न शुरु गरिएको हो । दुवैतर्फ बिजुलीको पोल हुँदा जहाँ पायो त्यहीबाट तार क्रस गराउने कार्य पनि बन्द हुने उनले बताए।

दमक नगरपालिकाको पहलमा विद्युत प्राधिकरण दमकले नगरपालिका बजारभित्रका सडकमा नगर सौन्दर्यकरण गरी व्यवस्थित विद्युत आपूर्ति ब्यवस्था गर्न सडकको दुबै किनारमा विद्युत् पोलसहितको तार जडान गर्ने काम भइरहेको थापाको भनाइ छ।

‘विद्युत् पोलमा जडान गरिएका विभिन्न इन्टरनेटका तार र नेपाल टेलिकमका तार व्यवस्थित गर्न निर्देशन दिएका छौं,’ उनले भने।

प्रकाशित: ८ आश्विन २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार