काठमाडौं ।
गुगल स्वामित्वको युट्युबले एक घोषणा गर्दै आफ्नो भिडियो फिचर क्जयचतक बाट प्राप्त हुने आम्दानीको ४५ प्रतिशत रकम भिडियोका सर्जकलाई दिने भएको छ।
कम्पनीका लागि मुख्य वेबसाइटमा भएका सामाग्रीका लागि आम्दानीको ५५ प्रतिशत हिस्सा शेयर गर्ने मानक अभ्यास रहँदै आएको छ। अब यो घोषणासँगै यसका सबै प्लाटफर्ममा आम्दानी साझेदारीमा समानता युट्युबले जनाएको छ।
पछिल्ला केही महिना यता युट्युब र टिकटकबीच प्रतिस्पर्धा निकै बढिरहेको छ। भिडियो प्लाटफर्म टिकटकको लोकप्रियतासँगै आफ्ना दर्शक तथा सर्जक टिकटकतिरै मोडिने जोखिमका बीच युट्युबले नयाँ रणनीति अख्तियार गरेको छ।
यो कदमसँगै युट्युबले १ अर्ब डलरको कोषसँग मुकाबिला गर्न सक्नेछ जुन सर्जकहरुलाई भुक्तान गर्नका लागि टिकटकले जनाएको हो।
यो वर्षको सुरुवातमा युट्युबले शर्टस्मा भिडियो बनाउने सर्जकका लागि भन्दै १० करोड डलरको कोष खडा गरेको थियो।
४५ प्रतिशत हिस्सा चाहीँ यसअघि नै स्थापित योजनाको अतिरिक्त हो।
स्मरण रहोस् गतवर्ष युट्युबको विज्ञापन आयमा करीब ९ प्रतिशतको वृद्धि भई १४ अर्ब २० करोड डलर पुगेको थियो।
निकै छोटो भिडियो तथा भाइरल सामाग्रीहरुका लागि टिकटक सर्वाधिक लोकप्रिय प्लाटफर्म बनेको छ । टिकटकसँगै प्रतिस्पर्धाका लागि युट्युबले शर्ट फिचर सुरु गरेको थियो।
प्रकाशित: ८ आश्विन २०७९, शनिबार