इसेवाको लखपति योजनाका विजेता अनुपम

  • Technology Khabar | ८ आश्विन २०७९, शनिबार
इसेवाको लखपति योजनाका विजेता अनुपम

काठमाडौं ।

भुक्तानी प्रणाली सेवा प्रदायक ‘इसेवा’ले सञ्चालन गरेको ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनामा इलामका अनुपम पोखरेल विजेता बनेका छन्।

उनले नगद एक लाख रूपैयाँ जित्न सफल भएका हुन्। उनले नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क इसेवामार्फत भुक्तानी गरेका थिए।

इसेवाले बीमितहरुलाई घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले जेठ ५ देखि भदौ ५ गतेसम्म लखपति योजना सञ्चालन गरेको थियो।

यस योजनामा बम्पर उपहार बिजेता अनुपम पोखरेललाई बीमा गराउने अभिकर्ता रोहित पोखरेलले समेत २० हजार नगद जित्न सफल भएका छन्।
साथै पोखरेलले बीमा गरेको नेपाल लाइफ इन्स्योरेन्सको इलाम शाखाले समेत नगद २० हजार प्राप्त गरेको छ।

विजेताहरूलाई इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले नगद हस्तान्तरण गरे।

लखपति योजनाभर इसेवाबाट बीमा शुल्क भुक्तानी गर्ने ९४ जनाले नगद एक–एक हजार रुपैयाँ जित्न सफल भए।

इसेवाले हरेक हप्ता गोलाप्रथा मार्फत साप्ताहिक विजेता चयन गरेको थियो।

प्रकाशित: ८ आश्विन २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...