प्राधिकरणको माइक्रोवेभ ब्याकबोन नेटवर्क टेन्डर स्थगित

  • Technology Khabar | ७ आश्विन २०७९, शुक्रबार
प्राधिकरणको माइक्रोवेभ ब्याकबोन नेटवर्क टेन्डर स्थगित

काठमाडौं ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा माइक्रोवेभ ब्याकबोन नेटवर्क निर्माणका लागि आह्वान गरिएको बोलपत्र (टेन्डर) स्थगित गरिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले असोज ७ गते सार्वजनिक सूचना मार्फत टेन्डर स्थगित गरिएको जानकारी दिएको छ।

प्राधिकरणले अर्को सूचना प्रकाशन नगरेसम्मको लागि टेन्डर स्थगित गरिएको जानकारी दिएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा माइक्रोवेभ ब्याकबोन नेटवर्क निर्माणका लागि प्राधिकरणले असोज ३ गते टेन्डर आह्वान गरेको थियो।

२ वर्षभिमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा माइक्रोवेभ ब्याबोन नेटवर्क निर्माण गर्ने उद्देश्यले टेन्डर आह्वान गरिएको थियो।

प्रकाशित: ७ आश्विन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...