
काठमाडौं ।
भारतको वायरलेस हियरेबल ब्रान्डले फ्ल्यागशिप ब्रान्ड बोटल आफ्नो लाइनअपमा सुन्न र लगाउन मिल्ने उपकरणहरु चाडै नेपाली बजारमा ल्याउने भएको छ।
नेपालमा स्मार्टवाच र हियरेबलको बढ्दो मागसँगै इम्याजिन मार्केटिङ लिमिटेडले उच्च गुणस्तरका उत्पादनहरू सुपथ मूल्यमा उपलब्ध गराई ग्राहकहरूको विकासशील आवश्यकता पूरा गरेको बोटले जनाएको छ।
स्क्वायर डायल भएको वेभ प्रो ४७, १.६९ इन्च कलर एचडी डिस्प्लेमा पूर्ण क्यापेसिटिव टच र रेस्पोन्सिभ टच इन्टरफेस रहेको छ।
यो डिस्प्लेमा गुणस्तर्य पिक्चर, ५०० निट्स ब्राईटनेस, र विशाल दृश्य अनुभव प्रदान गर्छ। यसको नवीनतम बोट एएसएपी चार्ज टेक्नोलोजीको सात दिन सम्मको पावर ब्याकअप मात्र ३० मिनेटमा सतप्रतिशतसम्म चार्ज गर्छ।
वेभ प्रो ४७ मा भएको आईपी ६७ ले यसलाई पसिना, पानी र धुलो प्रतिरोधी बनाउँछ । जसले यसलाई उत्कृष्ट फिटनेस पार्टनर बनाउँछ।
नेपालमा उपलब्ध वेभ प्रो ४७ को मूल्य ६ हजार ४९९ रुपैयाँ रहेको छ।
कम्पनीलेको सबैभन्दा नयाँ संस्करणको बोट एकटेन्ड स्पोर्ट स्मार्टवाच पनि लन्च गरेको छ। यसमा फिटनेस वाचका सुविधाहरू समावेश गर्नुका साथै स्पोर्टी र स्टाइलिश छन्।
यसमा ७०० प्लस सक्रिय मोडहरू छन्। जसले व्यक्तिको निद्राको गतिबिधि देखि पोस्ट वर्कआउटको लागि क्यालोरी ट्र्याक गर्छ।
प्रकाशित: ७ आश्विन २०७९, शुक्रबार