मोबाइल ब्रोडब्यान्ड ‘कभरेज ग्याप’ उल्लेख्यरुपमा झार्न सफल भएको जीएसएमएको दाबी

  • Technology Khabar | ७ आश्विन २०७९, शुक्रबार
मोबाइल ब्रोडब्यान्ड ‘कभरेज ग्याप’ उल्लेख्यरुपमा झार्न सफल भएको जीएसएमएको दाबी

काठमाडौं ।

जीएसएमएले मोबाइल ब्रोडब्यान्ड ‘कभरेज ग्याप’ विश्वव्यापी रूपमा ४० करोड मानिसहरूमा झार्न सफल भएको बताएको छ।

संयुक्त राष्ट्रसंघको १७ ओटा दिगो विकास लक्ष्यहरू हासिल गर्न उद्योगको प्रगतिको बारेमा पछिल्लो जीएसएमए रिपोर्टअनुसार सञ्जाल पूर्वाधारमा मोबाइल अपरेटरहरूको लगानीले मोबाइल ब्रोडब्यान्ड नेटवर्कहरूको ‘कभरेज ग्याप’ लाई २०१५ मा १.४ अर्ब मानिसबाट २०२२ मा ४० करोडमा घटाउन मद्दत गरेको छ।

यद्यपि, सीप, ज्ञान, किफायती, सान्दर्भिक सामग्रीको अभावका कारण नेटवर्कहरूद्वारा कभर गरिएका करिब ३.२ अर्ब मानिसहरू अझै पनि यस कनेक्सनको फाइदा लिन असमर्थ छन्।

यो ‘उपयोग अन्तर’ विश्वव्यापी रूपमा आर्थिक र सामाजिक प्रगतिमा सबैभन्दा ठूलो ‘ब्रेक’ को रूपमा द्रुत रूपमा वृद्धि भइरहेको उल्लेख छ।

प्रकाशित: ७ आश्विन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार