
काठमाडौं ।
युट्युबले हालसालै युट्युब शर्ट्स भिडियोहरू पनि मनिटाइज गर्न गइरहेको घोषणा गरेको छ। युट्युबको यो निर्णयपछि शर्ट्स निर्माताहरु निकै खुसी देखिएका छन्। सिर्जनाकर्ताहरूले कमाउने ठूलो अवसर पाइरहेका छन्।
टिकटक आएपछि बजारमा छोटो भिडियोको माग बढेको देखिएको छ। त्यसपछि युट्युबले शर्ट्स र इन्स्टाग्रामले रिल्स लन्च गरेको छ। दुबै प्लेटफर्मका छोटो भिडियोहरू लोकप्रिय छन्।
शर्ट्स क्रिएटरले ४५ प्रतिशत हिस्सा पाउने
युट्युबले युट्युब शर्ट्सबाट हुने कमाइको ४५ प्रतिशत शर्ट्सका सिर्जनाकर्तालाई दिने घोषणा गरेको छ। यससँगै युट्युबले ५५ प्रतिशत रकम राख्नेछ। टिकटकले आफ्ना सिर्जनाकर्ताहरूलाई एक अर्ब डलर दिन्छ।
टिकटकले बजार मच्चाएको छ र सबै भिडियो प्लेटफर्महरूलाई टिकटकले समस्यामा पारेको छ। त्यसपछि सबै प्लेटफर्महरूले यी १५ सेकेन्डका छोटो भिडियोहरूमा बढी ध्यान दिइरहेका छन्।
रिपोर्टका अनुसार गुगलले यस वर्षको पहिलो छ महिनामा युट्युब विज्ञापनबाट १४.२ बिलियन डलर कमाएको छ, जुन गत वर्षको पहिलो छ महिनाको तुलनामा ९ प्रतिशत बढी हो। युट्युब शर्ट्स चाँडै स्मार्ट टिभीहरूमा पनि प्रस्तुत गरिने रिपोर्ट गरिएको छ। यसको मतलब तपाईंले आफ्नो टिभीमा पनि युट्युब शर्ट्सका भिडियोहरूको मजा लिन सक्नुहुन्छ।
प्रकाशित: ६ आश्विन २०७९, बिहीबार