नागरिक एपमा नियमानुसार फोटो राख्न सरकारको आग्रह

  • Technology Khabar | ६ आश्विन २०७९, बिहीबार
नागरिक एपमा नियमानुसार फोटो राख्न सरकारको आग्रह

काठमाडौं ।

नागरिक एपमा नियमानुसार फोटो राख्न सरकारले आग्रह गरेको छ।
सरकारले सूचना जारी गर्दै नागरिक एपले एमआरपी वा पासपोर्ट साइजको फोटो मात्र राख्न भनेको हो।

अपलोड गरेको फोटोहरुमा क्लिन ब्याकग्राउन्ड नभए त्यस्ता फोटोहरुलाई अस्वीकृत गरिने सरकारले जनाएको छ।

केही अफ्ट्यारो भए ११०१ मा फोन गर्न गरेर समस्या समाधान गर्न सरकारले आग्रह गरेको हो।

सबै सरकारी सेवा सुविधा एउटै एपमार्फत उपलब्ध गराउने उद्देश्यका साथ नागरिक एप सञ्चालन भइरहेको छ।

तर सेवाग्राहीहरूले नागरिक एपलाई लिएर सुरुवातदेखि गुनासो गर्दै आइरहेका छन्।

प्रकाशित: ६ आश्विन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...