जेम्स वेब टेलिस्कोपले खिचेको मंगल ग्रहको पहिलो तस्बिरले वायुमण्डल बारे थप जानकारी दिनसक्ने

  • Technology Khabar | ६ आश्विन २०७९, बिहीबार
जेम्स वेब टेलिस्कोपले खिचेको मंगल ग्रहको पहिलो तस्बिरले वायुमण्डल बारे थप जानकारी दिनसक्ने

काठमाडौं ।

जेम्स वेब स्पेस टेलिस्कोपले निरन्तर सौर्यमण्डलका ग्रहहरूको पहिलो तस्बिरहरू खिचिरहेको छ, र नयाँ ब्याच विशेष रूपमा उपयोगी हुन सक्छ।

नासा र ईएसएले सेप्टेम्बर ५ मा लिइएको मंगल ग्रहको प्रारम्भिक तस्बिरहरु सेयर गरेका छन्। जसले ग्रहको वायुमण्डलमा नयाँ अन्तरदृष्टि दिने वाचा गरेको छ।

इन्फ्रारेड क्यामराको डाटाले पहिले नै केही आश्चर्य प्रदान गरेको छ।
शूरुवातका लागि विशाल हेलास बेसिन दिनको सबैभन्दा तातो समयमा नजिकैका क्षेत्रहरु भन्दा अनौठो रुपमा अँध्यारो रहेको नासा र स्पेसडटकममा उल्लेख छ। बेसिनको तल्लो उचाइमा उच्च हावाको चापले थर्मल उत्सर्जनलाई दबाएको छ।

जेडब्ल्यूएसटीको तस्बिरले अन्तरिक्ष एजेन्सीहरुलाई टेलिस्कोपको अनबोर्ड स्पेक्ट्रोग्राफ प्रयो गरेर मंगल ग्रहको नजिकको इन्फ्रारेड वायुमण्डलीय संरचना अध्ययन गर्ने सवसर प्रदान गरेको छ।

स्पेक्ट्रोस्कोपिक नक्साले विभिन्न वेभलेन्थले ग्रहको कार्बन डाइअक्साइड सोसेको देखाउँछ र, कार्बन मोनोअक्साइड र पानीको उपस्थिति पनि देखिएको छ। भविष्यको अनुसन्धान पत्रले मंगल ग्रहको वायुको रसायनको बारेमा थप विवरण प्रदान गर्ने इन्ग्याजेडले उल्लेख गरको छ।

यी तस्बिरहरु रेकर्ड गर्न विशेष गरी कठिन थियो। मंगल ग्रह जेम्स वेब टेलिस्पोपले देख्न सक्ने सबैभन्दा उज्यालो वस्तुहरु मध्ये एक हो। ब्रम्हाण्डमा सबैभन्दा टाढाका वस्तुहरु अध्ययन गर्न डिजाइन गरिएको टेलिस्कोपका लागि यो समस्याको रुपमा देखिएको छ। अनुसन्धानकर्ताहरुले धेरै छोटो एक्सपोजर क्याप्चर तथा विशेष प्रविधिहरुको प्रयोग गरेर तस्बिर लिएका हुन्।

यो तस्बिर र डाटा मंगलको प्रारम्भिक लहरको एउटा भाग हो। मंगल ग्रहको बारेमा थप खुलास गर्न थप अवलोकनको आवश्यक पर्नेछ।

प्रकाशित: ६ आश्विन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...