
काठमाडौं ।
घाम पावर नेपालले १ दिने कार्यक्रम डिजी कृषि सफलतापूर्व सम्पन्न गरेको छ। डिजी कृषि कार्यशाला गोष्ठी भदौ ३१ गतेसम्म सम्पन्न भएको हो।
कार्यक्रममा घाम पावर नेपालका कृषि विश्लेषक किरण तिमिल्सिनाले नेपालमा वर्तमान कृषिको अवस्था, कृषिमा भइरहेको डिजटलिकरण, नीतिगत कुराहरू कोट्याउँदै, घाम पावरले कृषिको डिजिटलिकरणमा गरिरहेका काम र भोग्नु परेको चुनौतीहरूको बारेमा चर्चा गरे। यसका साथसाथै घाम पावर नेपालले विकास गरेको विविध कृषि सेवाहरू लिइरहेकी सविना मानन्धर र अमर थिङ्ग जी घाम पावरको कृषि प्रविधि अंगालेपछिका अनुभवहरू साझा गरेका थिए।
कार्यक्रमको प्यानल छलफलको क्रममा फरवार्ड लघुवित्त संस्थाका कर्जा विभाग प्रमुख हिरा थन्दारले कर्जा लगानी बाहेक पनि किसानसँग नजिकै काम गरिरहेको बताइन्। किसानले हाम्रो लघुवित्तबाट कृषि प्रयोजनको कर्जा लिँदा खेरी १ महिना मै कर्जा तिर्न नपर्ने र उत्पादन भएर बजारमा बेचेपछि कर्जा तिर्न सकिने पनि बताइन्।
साथै कृषि तथा पशु विज्ञान अध्यन संस्थान अनुसन्धान र प्रकाशन निर्देशनालयका प्रमुख हुमा न्यौपाने स्नातक र स्नातकोत्तरमा डिजिटल कृषि सम्बन्धित पाठ्यक्रमहरू निर्माण गरी छिटो भन्दा छिटो लागू गरिने बताइन्। तेश्रो वक्ता स्मार्ट कृषि र कृषि बजार डट कमका प्रबन्ध अनिल रेग्मीले निजी, सरकारी र गैर सरकारी संस्थाहरूमा समन्वय भन्दा पनि प्रतिस्पर्धात्मक प्रवृत्ति हावी भएको छलफलमा बताए।
आईएफडीसीका वरिष्ठ माटो वैज्ञानिक डा. यम नाथ गैरेले नेपालले निर्माण गरेको डिजिटल माटो नक्सा र यो नक्साको प्रयोगका बारेमा वृस्तृत रूपमा चर्चा गरे। अन्तिम प्यानल वक्ताको नेपाल सरकार कृषि तथा पशु विकस मन्त्रालयका जीआईएस र आईटी शाखाका प्रमुख शिव नन्द शाहले नेपाल सरकारले कृषिलाइ डिजिटलिकरण गर्दै आएको बताए।
कार्यक्रमकै दौरानमा एउटा छुट्टै स्टल राखेर घाम पावर नेपालले विकास गरेको घाम पावर कृषि मिटर लगायत अन्य सेन्सरहरू र सुपर कृषक एपको प्रत्यक्ष प्रदर्शन कार्यक्रम पनि सम्पन्न गरिएको थियो।
नेपालमा समुन्नत कृषिको लागि सबै सरोकारवाला संस्थाबीच प्रतिष्पर्धात्मक नभई समन्वयकारी भूमिकामा कृषि विकासको लागि डिजिटलीकरणको अहम भूमिका रहनेमा सबै सहभागीको सहमति रहेको आयोजकले जनाएको छ।
प्रकाशित: ५ आश्विन २०७९, बुधबार