भष्ट्राचारमा लिप्त नेपाल टेलिकमका प्रबन्ध निर्देशक पौडेल, यस्ता छन् ६ आरोप

  • Technology Khabar | ५ आश्विन २०७९, बुधबार
भष्ट्राचारमा लिप्त नेपाल टेलिकमका प्रबन्ध निर्देशक पौडेल, यस्ता छन् ६ आरोप
नेपाल टेलिकमका तत्कालिन प्रबन्ध निर्देशक सुनिल पौडेल। फाइल तस्विर

काठमाडौं ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक (एमडी) सुनिल पौडेल भष्ट्राचारमा लिप्त हुँदै गइरहेको भन्दै कर्मचारीहरुले आरोप लगाउँदै आएका छन्।

एमडी पौडेलले गरेको श्रृखलावद्ध भष्ट्राचार काण्डका बारेमा फेरि अख्तियारमा उजुरी परेको छ। यस पटकको उजुरीमा खरिद गरिएको स्मल सेलको आपूर्ति अहिलेसम्म गर्न चासो नदेखाएको लगायतको आरोप छ।

स्मल सेल समयमै आपूर्ती नहुँदा नेपाल टेलिकमको गुणस्तर खस्किुनका साथै आर्थिक नोक्सानी समेत भएको आरोप छ।

यस अघि नेपाल टेलिकमका सम्पूर्ण कर्मचारीहरुको तर्फबाट भन्दै अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा पौडेल विरुद्ध बेनामे उजुरी पनि परेको छ।

हाल परेको निवेदनमा छानबिनको लागि सहयोगी प्रमाण हुने भन्दै पौडेलको संलग्नतामा भएको थप ६ ओटा अनियमिताको सम्बन्धमा आयोगमा जानकारी गराइएको छ।

यस्तो छ उजुरी

१- स्मल सेल Small Cell (CCSI) खरिद प्रक्रिया तिन वर्ष अगाडीनै पीओ ( PO ) जारि भैसकेको थियो जसमा टाइप १ टाइप २ टाइप ३( type 1 /type 2 /type 3 ) सबैको पीओ (PO) जारि भैसकेको थियो तर ति सामाग्रीको सप्लाई अहिले सम्म भएको छैन। जसको कारणबाट दूरसंचारको क्वालिटी खस्किरहेको मात्र होइन आर्थिक रुपमा समेत नोक्सान बेहोर्नु परेकोछ। नेपाल टेलिकमको कतिपय ठाउमा सिग्नल राम्रो नभएको कारण प्रतिस्पर्धी कम्पनिले ब्यापार बिस्तार गरिरहेको छ। प्रबन्ध निर्देशक र उच्च ब्यबस्थापनले न टेलिकमको ब्यापार बिस्तारमा चासो छ न कम्पनीलाई पर्न जाने घाटाको बारेमा सचेत भै त्यसलाई रोक्न खोजिएकोछ। सस्थाको नाफा नोक्सान भन्दा आफुलाई कसरि आर्थिक लाभ हुन्छ त्यस तर्फनै टेलिकमको नेतृत्व दौडिरहेछ। यस्तो कार्य तुरुन्त रोकी कारवाही गरिपाउ।

Small Cell भनेको नेटवर्कको काम सम्पन्न र Drive Test (ड्राइभ टेस्ट) भैसकेपछि सिग्नल राम्रो नआउने ठाउमा राखेर सेवाको गुणस्तर बढाउने दिन सिस्टम हो। तसर्थ Small Cell को परिमाण आवस्यकताको आधारमा र drive test को प्रतिबेदन आधारमा खरिद गरिनु पर्दथ्यो। तर ब्यबस्थापनले संझौतामा भएको परिमाण एकै पटक आपूर्तीगर्न दबाब दिएको छ. यदि ordered Small Cell जडान नभएमा त्यसबाट हुने million Dollar रकम  खरिद आदेश दिने टेलिकमको मोबाइल सेवाको ब्यबस्थापन र केन्द्रीय ब्यबस्थापनले जिम्मा लिनु पर्ने हुन्छ।

२- बार्षिक बजेटमा काठमाण्डौ उपत्यकाको परिक्षणको लागि भनेर २०० वटा उपकरण खरिद गर्ने भनिएकोमा  कमिसनकै लागि करिब २० million Dollar( करिब २.५ अर्ब रुपैया) बराबरको परिमाणमा खरिद गर्न थालिएको छ जवकि कस्ट बेनिफ़िट एनालाइसिस बिना यस्तो परिणामको आर आर यु अहिलेको आवस्यकता होइन तर कमिसनकै लागि खरिद गर्न लागिएकोछ। यस प्रकारको खरिदमा संचालक समितिले स्विकृति दिनु पर्ने हुनाले संचालक समितिको अध्यक्ष लगायत संचालकहरुको पनि स्वार्थ देखिएको छ। यस्तो अनुचित लाभको लागि मात्र गर्न लागिएको खरिद कार्य यथार्थ के कति हो बुझी खरिद गर्नु पर्नेमा त्यसो गरिएको छैन छानविन गरि कारवाही गरि पाउ।

३- . कम्पनीको हाल सँचालनमा रहेको बिलिङ्ग प्रणाली परिबर्तन गरी Next Generation Billing System स्थापनाको लागि २०७८ श्रावण ४ गतेको संचालक समितिले बिस्तृत बिश्लेषण र निर्देशन सहित बिलिङ्ग प्रणालिको अन्तराष्ट्रिय बोलपत्र मार्फत खरिद प्रकृया अगाडी बढाउन निर्देशन दिएको थियो।संचालक समितिको निर्देशन र निर्णयलाई बेवास्ता गरि बिलिङ्ग प्रणालीको खरिद प्रकृया रोकेर मोटो रकम कमिसनको लागि हालको जिर्ण भैसकेको बिलिङ्ग प्रणालीलाई नै अर्बौ रुपैया खर्च गरि अपग्रेडको नाममा सार्बजनिक खरिद ऐन, नियमावली र कम्पनीको आर्थिक बिनियमावली बिपरित खरिद प्रकृया अगाडी बढाउनको लागि हिजो( २०७९।०६।०४) गते संचालक समितिमा स्विकृतिको लागि प्रस्ताब पेश भइसकेको छ। यसमा समेत संचालक समिति, यसको अध्यक्ष लगाएत संचालकहरुको आर्थिक स्वार्थ समेत जोडिएको देखिन्छ। तसर्थ पुरानो बिलिङ्ग प्रणालीले राजस्व चुहावट समेत गर्ने र तुरुन्त नयाँ बिलिङ्ग प्रणाली खरिद गर्नु पर्ने पहिलेको निर्णय र हिजो पेश भएको प्रस्ताब दुबै कागजातको अनुसन्धान गरि यस्तो प्रकारको षडयन्त्र तत्काल रोक्नु पर्ने देखिन्छ। पहिलेको संचालक समितिको निर्णयलाई लत्याएर हाल गर्न थालिएको बिना बोलपत्रको खरिद कार्य रोकी पाउ।

४. Bandwidth Purchase: हालै Contract समाप्त (Sept 7th 2022)  भएको Contract no NDCL/ISD/ICB/01/76-77 मा 1+1 year को extension प्रावधान भएता पनि मिति २०७९/०२/२३ मा बसेको review committee ले माथी उल्लेखित प्रावधान अनुसार नगरी बोलपत्र आब्हान गर्नको लागि ( IFB No.NDCL/ISD/ICB/xx/079-80 for Lease Service Delivery of International Bandwidth ) सम्पूर्ण bandwidth समेत बोलपत्र मार्फत खरिद गर्न भनि मिति 2079/02/23 निर्णय गरेको थियो। तर अहिले आएर उक्त निर्णय लत्याएर नयाँ बोलपत्र आब्हान नगरी सँझौता नबिकरणको लागि प्रकृया अगाडी बढाएको छ।  ब्यबस्थापनलाई चाहिएको खण्डमा तुरुन्त बोलपत्र आब्हान गरि ३ महिना भित्र नयाँ संझौता गरेर खरिद गर्न सकिन्छ र नयाभ बोलपत्र मार्फत खरिद गर्दा दर रेट घट्न गई कम्पनिलाई करोडौ रुपैया फाइदा हुन सक्छ। तर कम्पनीलाई हुन फाइदाको सट्टा आपूर्ती कर्तासंग आर्तिक लेनदेनको आधारमा बोलपत्र नगरी पुरानै संझौता बमोजिम खरिद गर्ने प्रकृया अगाडि बढाएको छ। यस प्रकृयामा Dr. Bimal Acharya ,manager  Devendra Khatiwada ,CTO र MD को प्रतक्ष्य संलग्नता छ भने संचालक समितिबाट स्विकृति लिनु पर्ने भएकोले संचालक समितिका अध्यक्ष र संचालकहरुको पनि आर्थिक लेनदेन भएको देखिन्छ। तसर्थ तत्काल(१ हप्ता भित्र) बोलपत्र आब्हान गरि ३ महिना भित्रै खरिद कार्य सम्पन्न गरी आर्थिक अनियमितता रोक्न अनुरोध छ। साथै जानाजान बोलपत्र प्रकृया ढिलो गर्ने अन्तराष्ट्रिय सेवा बिभाग, प्रमूख प्राबिधिक अधिकृत र सो कार्यालय, प्रमुख बित्तिय अधिकृत र सो कार्यालय तथा MD उपर छानबिन गरी कारबाही अगाडि बढाइ पाउँ।

५ -26th September TU Plenipotentiary Conference 2022 रोमानियामा भाग लिन एमडी सुनिल पौडेल संचालक समितिको दलबल लिएर जाने तरखरमा छन ।बोर्डमा लगेको प्रस्ताव आफू अनुकूल पास गराऊँन बोर्ड सदस्यहरु लाई ख़ुशी पार्नकै लागि अनावश्यक रूपमा कम्पनी को पैसा खर्च गर्न लागिएको छ। उक्त जम्बो टोलीमा बोर्ड मेम्बर निर्देशक लगायत(करिब डेढ दर्जन ब्यक्तिहरु)को ठुलो समूह रहेकोछ। यम डि ले नेपाल टेलिकममा आफ्नो निहित स्वार्थ अनुकुल निर्णय गराउनको लागि खुसि पार्नुपर्ने व्यक्तिहरुलाई निर्णयमा प्रभाव पार्ने व्यक्तिहरुलाई यो रोमानिया टोलीमा सामेल गरिएको यत्रो जम्बोटोली त्यहा जानु आवस्यक छैन रोकी पाउ।  यति ठुलो टोलि दूरसंचार बाट कहिले पनि बिदेश गएको थिएन।  बैदेशिक मुद्रा सँचितिमा असर परेको ले अर्थ मन्त्रालयको निर्देशन तथा निर्बाचन आयोगको बैदेशिक भ्रमण नगराउने निर्देशन समेतलाई बिचार गरि उक्त बैदेशिक भ्रमण तत्काल रोकाई पाउँ।

६-नियोजित रुपमा अकुत सम्पति कमाउने नियतवस नेपाल टेलिकममा नेतृत्व गर्न आएका बर्तमान यम डी सुनिल पौडेलले कम्पनि भित्र हुने सम्पुर्ण खरिद प्रक्रियामा आफै संलग्न भै टेण्डर गर्नु पर्ने खरिद कार्यलाई डाइरेक्ट प्रचेज / additional order गरेर मोटो कमिसन हात पार्ने तयारीमा सम्पूर्ण प्रक्रिया मिलाई सकेका छन्। यस्तो गलत कार्य थाहा हुदा हुदै पनि Director Manager, CTO, CFO, CCO, COO आदिहरुले MD को गलत कार्यमा साथ दिएर नेपाल टेलिकमलाई धराशाही बनाउने नियोजित खेलमा सामेल हुन् थालेका छन् । टेलिकमलाई बचाउने हो भने यस्तो निहित योजनाबद्द कार्य तुरुन्त अन्त्य हुनु पर्दछ अन्यथा न रहे बास न बजे बासुरी हुनेछ। माथिल्ला कर्मचारीहरुले भ्रष्टाचार गरेर अकुत सम्पति कमाउने र कम्पनीलाई टाट पल्टाउने षडयन्त्र गरेकोले हामि न्युन बेतनधारी कर्मचारीहरुको भविष्य अन्धकार हुने, सरकारी कम्पनीलाई बन्द गराएर नीजि कम्पनीलाई पोस्ने काम भई रहेको र यसमा संचालक समितिको समेत संलग्नता देखिएकोले तत्काल गंभिर कदम चाल्न अनुरोध गर्दछौ।

निवेदक

नेपाल टेलिकमका न्यून बैतनिक कर्मचारीहरु

प्रकाशित: ५ आश्विन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...