
काठमाडौं ।
सार्वजनिक हुनु अघि चर्चित गेम जीटीए ६ का विभिन्न विवरणहरु बाहिरिएका छन्। जीटीए ६ ह्याकको पछाडि १६ वर्षिय किशोरको हात रहेको गिगचाइनाले उल्लेख गरेको छ। कम्पनीले जीटीए ६ २०२४/२५ मा सार्वजनिक गर्ने योजना बनाएको थियो।
एक प्रसिद्ध ह्याकर तथा ह्याकर फोरम ब्रिजफोरमका मालिक ‘पोमपोमपुरिन’ले जीटीए ६ लीकमा ह्याकरको पहिचान खुलासा गरेका हुन्।
उनका अनुसार यस अपराधको मुख्य दोषी १६ वर्षी टीपोटुबर ह्याकर हुन्। यी ह्याकर साइबर अपराध टोली ‘ल्याप्सस$’ का प्रमुख पनि हुन्।
ह्याकर समूह ‘ल्याप्सस$’ गत वर्षको अन्त्यदेखि धेरै ह्याकिङका घटनाहरुमा संलग्न छ। माइक्रोसफ्ट, सामसङ, एनभिडिया र युबिसफ्टलगायत धेरै प्राविधि कम्पनीहरु उक्त समूहको आक्रमणको चपेटामा परेका छन्। ह्याकर समूहको मुख्य लक्ष्य भनेको छिटो पैसा कमाउने रहेको छ।
यसअघि लन्डन प्रहरीले यस ह्याकिङ समूहका धेरै टोली सदस्यहरुलाईपक्राउ गर्न सफल भइसकेको छ। उनीहरु सबै किशोरकिशोरी थिए।
प्रकाशित: ५ आश्विन २०७९, बुधबार