
काठमाडौं ।
हुम्लाकोे लिमीमा नेपाल टेलिकमको मोबाइल सेवा पुगेको छ।
हुम्लाको नाम्खा गाउँपालिका– ६ हिमालपारिको गाउँ भनेर चिनिने लिमीमा नेपाल टेलिकमले मोबाइलको टावर पुर्याएपछि मोबाइल सेवा सूरु भएको नाम्खाले जनाएको हो।
टेलिकमको मोबाइल सेवा लिमीका तिल, जाङ र हल्जि गाउँमाा मोबाइल सेवा सञ्चालन हुँदा सर्वसाधारण हर्षित भएको नेपाल टेलिकमले जनाएको छ।
यसअघि लिमीमा टेलिकमकै भिस्याट टेलिफोन प्रयोग मात्र गर्न पाएका लिमीका सर्वसाधारणले मोबाइलमा पहुँच बढेपछि सपना पूरा भएको हुम्लाका माधव सुवेदीले जनाएका छन्।
टेक्नोलोजिखबरडटकमसँग कुरा गर्दै उनले भने,“वर्षौंदेखि मोबाइलमा कुरा गर्ने हाम्रो सपना पूरा भएकाले खुसी छौं, टावर निर्माण गर्ने कम्पनीले ढिला गरेका कारण धेरै पछि मात्र पायौं।”
५ वर्ष अघि निर्माण कम्पनीसँग टेलिकमले सम्झौता गरेपनि ३ वर्षदेखि टावर निर्माणमा लाग्दा भर्खरै मात्र मोबाइलबाट कूरा गर्न पाएको उनले बताए।
प्रकाशित: ४ आश्विन २०७९, मंगलवार