
काठमाडौं ।
नयाँ हाइड्रोजन फ्युल सेल विश्व बजारमा आएको छ। यो नयाँ हाइड्रोजन फ्युल सेल डिजेल इन्जिनभन्दा बढी प्रभावकारी भएको लूप इनर्जीले जनाइएको छ।
हाइड्रोजन फ्युल सेल निर्माता लूप इनर्जीले नयाँ हाइड्रोजन फ्युल सेल डिजेल इन्जिनभन्दा बढी प्रभावकारी भएको रोयटर्सको रिपोर्टिङमा उल्लेख छ।
पछिल्लो समय डिजेल इन्जिनभन्दा विद्युतियमा बढावा हुन थालेको प्रविधि उत्पादन गर्ने कम्पनीहरुले जनाएका छन्।
यसबाट नयाँ व्यापारका साथै सर्वसाधारण, कम्पनी तथा सरकारलाई समेत सहज हुने दाबी गरिएको छ।
हाइड्रोजन फ्युल सेल निर्माता लुप इनर्जीले यसको नवीनतम सेल प्रणालीले पेट्रोलियम पदार्थको मुल्यभन्दा सस्तोमा उपलब्ध हुने दाबी गरेको छ।
इन्जिन मूल्यका साथै प्रविधि स्तरहरूमा डिजेल इन्जिन भन्दा राम्रो हाइड्रोजन फ्युल सेल भएको कम्पनीको भनाई छ।
मुद्रास्फिती बढीरहेका बेला हाइड्रोजन फ्युल सेलको प्रयोगले अर्थव्यवस्थामा सहज हुने जनाइएको छ।
प्रकाशित: ३ आश्विन २०७९, सोमबार