हिरोको पहिलो इलेक्ट्रिक स्कुटर ७ अक्टूबरमा सार्वजनिक हुने

  • Technology Khabar | २ आश्विन २०७९, आईतवार
हिरोको पहिलो इलेक्ट्रिक स्कुटर ७ अक्टूबरमा सार्वजनिक हुने

काठमाडौं ।

हिरो मोटोकर्पले ६ अक्टूबर २०२२ मा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने भएको छ। हिरोले आफ्नो इलेक्ट्रिक स्कुटर भिडा सब ब्रान्ड नाममा सार्वजनिक गर्नेछ।

इलेक्ट्रिक स्कुटरको मूल्यको सम्बन्धमा कम्पनीको तर्फबाट कुनै आधिकारिक जानकारी दिइएको छैन। ड्राइभस्पार्कका अनुसार इलेक्ट्रिक स्कुटरको मूल्य १ लाख भारुको आसपास हुनेछ।

रिपोर्टका अनुसार कम्पनीले आफ्नो डिलर, लगानीकर्ता र ग्लोबल डिस्ट्रीब्यूटरलाई सार्वजनिक कार्यक्रमका लागि निमन्त्रणा पठाइसकेको छ।
१ जुलाई २०२१ मा नयाँ भिडा सब ब्राण्ड पेस गरिएको थियो। हाल सम्म हिरो इलेक्ट्रिक स्कुटरको स्पेसिफिकेसन र फिचर्सका सम्बन्धमा जानकारी गोप्य नै राखिएको छ।

यस अघि हिरो मोटोकर्पले भारतमा ईभी तथा ब्याट्री िस्वापिङ नेटवर्क विकसित गर्नक ालागि ताइवानको फर्म गोगोरोका साथ रणनीतिक साझेदारीको घोषणा गरेको थियो। गोगोरोले हाल आफ्नो २ हजार ब्याट्री स्वापिङ प्वाइन्ट मार्फत् ३ लाख ७५ हजार भन्दा धेरै राइडर्सलाई सर्भिस दिइरहेको छ।

प्रकाशित: २ आश्विन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार