डिशहोममा १ वर्षको रिचार्ज गर्दा भिम बहादुर भट्टराईले जिते नगद एक लाख

  • Technology Khabar | ३१ भाद्र २०७९, शुक्रबार
डिशहोममा १ वर्षको रिचार्ज गर्दा भिम बहादुर भट्टराईले जिते नगद एक लाख

काठमाडौं ।

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउने बताइएको छ।

यसै क्रममा भिमसेनथापा गाउपालिका ५ का निवासी भिम बहादुर भट्टराईले रु एक लाख जितेका छन्। भैरबी इन्टरप्रईजेज को डिलर अन्र्तरगत रहेको आरुघाट धादिंग का सह—बितरक श्रेष्ठ इलेक्ट्रोनिक्सका डिलर दाई धर्मेन्द श्रेष्ठको मा एक वर्ष रिचार्ज गरेर भट्टराईले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए।

डिशहोमको तर्फवाट सिनियरसेल्स अफिसर मदन सापकोटा , सर्भिस सेन्टर कोदिनेटर सुमन खनाल ,सर्भिस सेन्टर सुपरभाइजर लक्ष्मी लामा , सिनियर प्राबिधिक सुपरभाइजर उपेन्द्र ओली , प्राबिधिक सुपरभाइजर सागर खड्काले पुरस्कार रकम हस्तान्तरण गरेको कम्पनिले जनाएको छ।

प्रकाशित: ३१ भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार