इन्स्टाग्राममा रि–पोस्ट फिचर

  • Technology Khabar | ३१ भाद्र २०७९, शुक्रबार
इन्स्टाग्राममा रि–पोस्ट फिचर

काठमाडौं ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा रि–पोस्ट फिचर आउने भएको छ।

फोटो–भिडियो साटासाट गर्ने प्लाटफर्म इन्स्टाग्राममा अब छिटै रिपोस्ट अप्सन राखिने भएको रोयटर्सले जनाएको छ।

यो अप्सनले ट्वीटरको रिट्वीट फिचरले जस्तै काम गर्ने इन्स्टाग्रामले जानकारी दिएको छ।

इन्स्टाग्राम प्रयोगकर्ताले अन्य प्रयोगकर्ताका पोस्टहरु आफ्नो प्रोफाइलमा रिपोस्ट गर्न अपसन हुनुका साथै यसअघि फेसबुकमा पनि अन्य प्रयोगकर्ताका पोस्टहरु शेयर गर्ने सुविधा छदै छ।

इन्स्टाग्राममा हाल केही प्रयोगकर्ताको बीच उक्त रिपोस्ट फिचरको परीक्षण गरिरहेको रोयटर्सले रिपोर्टमा जनाएको छ।

इन्स्टाग्राम पोस्टलाई पुनः शेयर गर्ने अर्थात् रिपोस्ट गर्ने अप्सनमा काम गरिरहेकोले पोस्ट मात्र नभएर स्टोरीलाई पनि पुनः शेयर गर्नसक्ने अप्सनमा राखिने छ।

फेसबुकजस्तै मेटा स्वामित्वको इन्स्टाग्रामले हालै आफ्नो प्राइभेसी अप्सनमा विभिन्न परिवर्तन गरेको छ।

इन्स्टाग्रामले संवेदनशील सामग्रीबाट बालबालिकालाई जोगाउनका लागि प्राइभेसी फिचरमा परिवर्तन गरेको घोषणा गर्नुका साथै कार्यान्वयनमा ल्याएको छ।

प्रकाशित: ३१ भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार