
काठमाडौं ।
‘विज्ञान र प्रविधिमा लगानी विस्तार,समुन्नती र समृद्धिको आधार’नारासहित मनाइने भएको छ।
अमृत साइन्स क्याम्पसको स्थापना दिनको अवसर पारेर २०७० सालदेखि विज्ञान दिवस हरेक वर्षको असोज १ गते मनाइँदै आइएको हो।
विज्ञान,प्रविधि र नवप्रवर्तनको क्षेत्रमा भएका अध्ययन,अनुसन्धान तथा नवप्रवर्तनीय खोजमूलक विषयहरुका बारेमा आमनागरिकलाई सुसूचित गराउन र वैज्ञानिक तथा नवप्रवर्तन प्रतिभाहरुलाई प्रोत्साहन गर्न यस वर्षको नारा तय गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।
मन्त्रालयले विज्ञान दिवस मनाउनका लागि विभिन्न ९ वटा निजी क्षेत्रले कार्यक्रम गर्दै छन् ।
विज्ञान दिवसले हरेक क्षेत्रलाई समेट्ने र विश्वविद्यालय,संघसंस्था तथा निजी क्षेत्रको सहभागीतामूलक सहभागिता हुने अपेक्षा मन्त्रालयको छ।
सरकारले विज्ञान दिवसको अवसर पारेर हरेक वर्ष एक सातासम्म कार्यक्रमहरु गर्दै आइरहेको छ।
विज्ञान र प्रविधिको उपयोगको विस्तारबारे जनचेतना फैलाउने,वैज्ञानिक खोज तथा अनुसन्धानमा संलग्न नव–प्रतिभाहरुलाई प्रोत्साहित र सम्मान गर्ने, अध्ययन अध्ययापनमा विज्ञान शिक्षकलाई आकर्षित गराउने उद्देश्यले मन्त्रालयले विज्ञान दिवस मनाउदै आएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले जानकारी दिए।
विज्ञान दिवसकै अवसर पारेर मन्त्रालयले विभिन्न विज्ञान तथा प्रविधि प्रदर्शनी समेत गर्दै छ। बीपी प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालयमा विज्ञान तथा प्रविधिसँग सम्बन्धित प्रदर्शनीहरु गरिने कार्यक्रम छ।
प्रकाशित: १ आश्विन २०७९, शनिबार