साउनमा साढे ३ अर्बको टेलिकम्यूनिकेसन उपकरण र पार्टस् आयात

  • Technology Khabar | ३० भाद्र २०७९, बिहीबार
साउनमा साढे ३ अर्बको टेलिकम्यूनिकेसन उपकरण र पार्टस् आयात
भक्तपुर गठ्ठाघरमा एक घरमाथि रहेको नेपाल टेलिकमको टावर। फाइल तस्विर

काठमाडौं ।

चालु आर्थिक वर्षको पहिलो महिनामा करिब साढे ३ अर्ब रुपैयाँ बराबरको टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस् आयात भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक अनुसार साउनमा ३ अर्ब ६१ करोड १९ लाख रुपैयाँ बराबरको टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस् आएको छ।

गत वर्षको सोही अवधिको तुलनमा यो वर्ष टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस्को आयात घटेको देखिन्छ। गत वर्षको साउनमा ६ अर्ब ४ करोड ५४ लाख रुपैयाँ बराबरको टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस् आयात भएको थियो।

चालु साउनमा टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस्को आयात ४०.३ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ।

नेपालमा सबैभन्दा बढी टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस् चिनबाट आयात हुने गरेको छ। चीनबाट मात्र टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस् २ अर्ब ८८ करोड ९२ लाख रुपैयाँ बराबरको आयात भएको छ। चालु वर्षको साउनमा भारतबाट ५६ करोड ११ लाख रुपैयाँ बराबरको टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस् आयात भएको छ।

प्रकाशित: ३० भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया